एमालेको महोत्तरी पार्टी कार्यालयमा आगजनी

२०७२ भाद्र १४ गते, सोमबार

काठमाडाैँ, १४ भदाै । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज एमाले महोत्तरी जिल्ला कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । अठार दिनदेखि आन्दोलनरत मोर्चाका कार्यकर्ताले सङ्घीय समाजवादी फोरम नेपालको पार्टी कार्यालयबाट मोटरसाइकल -याली सुरु गरी र्गाचौक, शङ्करचोक हुँदै जलेश्वर–१ स्थित एमाले पार्टी कार्यालयमा प्रवेश गरी तोडफोड र आगजनी गरेका हुन् । अनिश्चितकालीन मधेस बन्द र मधेस आन्दोलनलाई एमालेले असहयोग गरेको भन्दै तोडफोड र आगजनी गरेको मोर्चाले जनाएको छ ।

प्रतिक्रियाहरु