टीकापुर घटनाबारे अन्तर्राष्ट्रिय समुदायलाई ब्रिफिङ

२०७२ भाद्र १० गते, बिहीबार

काठमाडौं, १० भदौ । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र अर्थमन्त्री डा. रामशरण महतलेले कैलालीको टीकापुर घटना र त्यसपछिको अवस्थाबारे विभिन्न देशका कूटनीतिज्ञहरुलाई ‘ब्रिफिङ’ गरेको छ । आज मन्त्रिद्वयले संयुक्तरुपमा गरेको ब्रिफिङमा सबै पक्षका भावना समेट्ने गरी संविधान जारी गर्नेक्रममा केही कठीनाइ उत्पन्न भएको बताइएको थियो । सो क्रममा मन्त्रीद्धयले टीकापुर घटनापछि पनि सुरक्षाकर्मीहरुले संयमता अपनाएको र सरकारले वार्ताबाटै समस्याको समाधान खोजेको बताए ।
ब्रिफिङपछि आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री पाण्डेले कूटनीतिक नियोगका प्रतिनिधिहरुले नेपालको पछिल्लो अवस्थाबारे सकारात्मक धारणा व्यक्त गरेको बताए ।यस्तै, अर्थमन्त्री डा. महतले विभिन्न जातीय र धार्मिक आन्दोलन गर्नेहरुप्रति सरकारको धारणालाई विदेशी कूटनीतिज्ञहरुले सकारात्मक रुपमा लिएको बताए । अर्थमन्त्री महतका अनुसार कूटनीतिज्ञहरुले राजनीतिक गन्जागोलले भूकम्पपछिको पुनर्निर्माण कार्य प्रभावित हुनेतर्फ सचेत गराएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु