एमाले पार्टी कार्यालय रौतहटमा आगजनी

२०७२ भाद्र १० गते, बिहीबार

काठमाडौ, १० भदौ । एमाले रौतहट जिल्ला कार्यालयमा आगजनी भएको छ । संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाका कार्यकर्ताले एमाले पार्टी कार्यालयमा आगजनी गरेको बताइएको छ । मोर्चा कार्यकर्ताहरुले बन्द रहेको एमाले पार्टी कार्यालयको झ्यालबाट मट्टतिेल छर्केर कोठा भित्र आगो लगाएका हुन् ।आगलाजीका कारण कार्यालयमा रहेका फर्निचर तथा कुुर्सीहरु जलेका छन् । प्लास्टीकको बोतलमा मटितेल हालेर झ्यालबाट भित्र फालिएको र सोही कारणले आगो लागेको प्रहरीले बताएको छ । आगजनी गर्नेहरुको खोजतलास शुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु