संविधान जारी गरे सशक्त आन्दोलन थाल्छौं : वैद्य

२०७२ श्रावण १५ गते, शुक्रबार

काठमाडौं । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले ‘आफूहरुलाई संविधानसभा बाहिर राखेर जबर्जस्ती संविधान जारी गरिए सशक्त आन्दोलन थाल्ने’ चेतावनी दिएका छन् । साहित्यकार सुरेन्द्र महर्जनको बारेमा तयार पारिएको ‘कौशिकी’ नामक कृतिको विहीबार राजधानीमा लोकार्पण गर्दै अध्यक्ष वैद्यले ‘विगतमा संविधानसभाका लागि भनेर १० वर्ष सशस्त्र युद्ध लडेको पार्टीलाई बाहिर राखेर ल्याइने संविधान कुनै पनि हालतमा स्वीकार्न नसकिने’ बताए ।
‘अहिले दलहरुले जारी गर्न लागेको संविधानले विगतमा आफूहरुले गरेको आन्दोलनको मर्म र आम जनताको भावनालाई सम्बोधन गर्न नसक्ने’ भन्दै उनले यथास्थितिमा संविधान जारी गरेर देखाउन दलहरुलाई चुनौती दिए । अध्यक्ष वैद्यले ‘हतारमा जनताको भावना विपरित गएर संविधान ल्याइए त्यसले इतिहासको पुनरावृत्ति गर्ने’ भन्दै ‘यसरी हुने आन्दोलनको नेतृत्व आफू नेतृत्वको पार्टीले लिने’ बताए । माओवादी विभाजनको फाइदा उठाउँदै प्रमुख दलहरुले आफूखुसी रुपमा संविधान ल्याउन लागेको उनको आरोप छ ।

प्रतिक्रियाहरु