सर्वदलीय बैठक बस्दै

२०७२ श्रावण १४ गते, बिहीबार

काठमाडौ, १४ साउन । संविधानमा सबैका सुझाव समेट्ने प्रयासमा रहेका दलहरुले आज सर्वदलीय बैठक बोलाएका छन् । संविधानमा रहेका सबै दलसँग छलफल गरेपछि मस्यौदा संशोधनलाई अन्तिम रुप दिने दलहरुले तयारी गरेका छन् । साउन २२ गतेसम्म संविधानका विषयको छलफल सक्ने गरी दलहरुले छलफल गरिरहेका छन् । आज साँझसम्म प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुनेछ । प्रमुख चार दलको बैठक बसेपछि सर्वदलीय छलफल गर्ने नेताहरुले बताएका छन् । छलफलमा उनीहरुका कुरालाई सम्वोधन गर्ने सम्भावनाका विषयमा छलफल हुनेछ । हिजो शीर्ष नेताले संवैधानिक निकायका पदाधिकारीसँग छलफल गरेका गरेका थिए ।

प्रतिक्रियाहरु