संविधानसभाको बैठक बस्दै

२०७२ श्रावण १३ गते, बुधबार

 

काठमाडौ १३ साउन । संविधान सभाको बैठक आज बिहान ११ बजेपछि बस्ने भएको छ । बैठकमा नागरिक सम्बन्ध तथा सुझाव समितिले हिजो पेश गरेको प्रतिवेदन माथि सैद्धान्तिक छलफल हुनेछ । प्रारम्भिक मस्यौदामा जनताबाट प्राप्त सुझाव समेटिएको प्रतिवेदन माथि आज छलफल गरी आजै सम्वाद समितिमा बुझाउने तयारी भएको संविधान सभा सचिवालयले जनाएको छ ।
१ लाख ८६ हजार भन्दा बढी जनताको सुझाव समेटिएको प्रतिवेदनमाथि छलफलका लागि सम्वाद समितिले पाँच दिनको समयसीमा पाउनेछ । सम्वाद समितिमा छलफल पछि प्रतिवेदन पुनः संविधान सभामा पठाउने कार्यसुची रहेको छ ।
यसैबीच नागरिकबाट प्राप्त सुझावलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा प्रमुख दलका शिर्ष नेताहरुले पनि छलफल जारी राखेका छन् ।

प्रतिक्रियाहरु