संविधानसभा खारेज हुने डर : महरा

२०७२ श्रावण १० गते, आईतवार

काठमाडौ १० साउन । एकिकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महराले संविधान जारी हुन ढिलो भए संविधानसभा खारेज हुन सक्ने भएकाले जतिसक्दो छिटो संविधान जारी गर्नुपर्ने बताएका छन । राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपालले राजधानीमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चिन्ता गरेका हुन् । ‘नयाँ संविधान, २०७२ मा धर्मनिरपेक्षता र पूर्ण धार्मिक स्वतन्त्रता’ विषयक सभामा महासचिव महराले धार्मिक सापेक्षतावादविरुद्ध लड्ने पहिलो पार्टी एमाओवादी भएको दावी गरे । राज्यको कुनै धर्म हुन नहुने भन्दै उनले धार्मिक स्वतन्त्रता र धर्म निरपेक्षताबाट मात्रै सबै धर्मको अस्तित्व कायम हुने धारण ब्यक्त गरे । राजतन्त्रको अन्त्य, धार्मिक सापेक्षतावाद, लोकतान्त्रिक गणतन्त्र र सङ्घीयताको मुद्दालाई तार्किक निष्कर्षमा पुर्याउन एमाओवादीले महत्वपूर्ण भूमिका खेलेको महराको भनाई छ ।

प्रतिक्रियाहरु