बन्दको अवज्ञा गर्ने सवारी साधनमाथि तोडफोड

२०७२ श्रावण ८ गते, शुक्रबार

काठमाडौँ, ८ साउन । नेकपा माओवादीले आयोजना गरेको नेपाल बन्दको अवज्ञा गर्ने सवारी साधनको माओवादीका कार्यकर्ता तोडफोड गरेका छन । यसैक्रममा माओवादीका कार्यकर्ता लालितपुरको बालकुमारीमा एउटा बस तोडफोड गरेका छन् । माओवादीका कार्यकर्तावाट रिङरोडमा गुडिरहेको बा. ख. ४५१० नम्बरको बसमा तोडफोड भएको हो । आफूहरुले गरेको बन्दको अवज्ञा गरेकाले तोडफोड गरेको माओवादी ललितपुर सेक्रेटरी नारायण मर्हजनले बताए ।
त्यसैगरि बन्दकर्ताले काठमाडौँको रत्नपार्कमा गुडिरेको एउटा ट्याक्सीमा तोडफोड गरेका छन् । बन्दको अवज्ञागर्दै यात्रु बोकेर वीर अस्पताल अगाडिबाट गुडिरहेको बा.२ ख ४५१० नम्बरको ट्याक्सीमा बन्दकर्ताले तोडफोड गर्नुको साथै आगजनी गरेका छन् ।

प्रतिक्रियाहरु