बन्दका कारण उद्योग कलकारखाना, शैक्षिक संस्था, बजारलगायत सम्पूर्ण ठप्प

२०७२ श्रावण ८ गते, शुक्रबार

काठमाण्डौं, ८ साउन । नेकपा माओवादीले अायाेजना गरेको बन्दका कारण भक्तपुर सुनसान भएको छ । जिल्लास्थित उद्योग कलकारखाना, शैक्षिक संस्था, बजार लगायत सम्पूर्ण भक्तपुर ठप्प भएको छ । माओवादी भक्तपुर सेक्रेटरी क्षितिजका अनुसार अहिलेसम्म छिटफुट बाहेक अप्रिय घटना घटेको छैन । कसैले बन्दको अवज्ञा गर्न खोजे आफूहरु जस्तोसुकै जोखिम उठाउन तयार भएको क्षितिजले बताए । उनले बन्दलाई सफल पार्न भक्तपुरबासीलाई आग्रह समेत गरेका छन् ।
यसैक्रममा प्रहरीले माओवादीका केन्द्रीय सदस्य नविनलाई झापाको बिर्तामोडबाट शुक्रबार विहानै प्रहरीले गिरफ्तार गरेको छ । माअावादीका प्रचारप्रसार इन्चार्ज शरद सिंह भण्डारीले दिएकाे जानकारी अनुसार नेपाल बन्दको क्रममा त्यहाँ पुगेका नविनलाई प्रहरीले गिरफ्तार गरेको हो । पूर्वी नेपाल बन्दका कारण ठप्प भएकाे छ । यातायात,कलकारखाना शैक्षिक संस्था लगायत बजार पूर्ण रुपमा बन्द भएका छन् ।
यसैगरी , नेकपा माओवादीले आयोजना गरेको नेपाल बन्दका कारण पोखरा र आसपासका जिल्लाहरु पनि प्रभावित भएका छन । भारत र चिन बिच भर्खरै भएको ब्यापारीक नाका (लिपुलेक) संबन्धी संझौताको बिराध गर्दे आयोजना गरिएको बन्दका कारण कुनै पनि सवारीसाधन, उद्योग,कलकारखाना सन्चालनमा आउन सकेका छैनन ।बन्दकर्ताहरु बजारका मुख्य चोकहरुमा झण्डा बोकेर बसेका छन । बन्द अहिले सम्म शान्तीपुर्ण रहेको प्रहरीले जनाएको छ ।आफुहरुको आन्दोलन नेपालको भुमिको प्रयोग गरि दुई छिमेकी देशहरुले गरेको ब्यापारीक संझोताको बिराधमा भएको माओवादी केन्दीय सदस्य साबित्री दुराले बताईन ।
यो बिषय सम्पुर्ण राष्ट्रबादी नेपालीहरुको भएकाले आफुहरुको आन्दोलनमा समर्थन रहेको उनको भनाई छ । देशको सक्तामा रहेका राजनितिक दलहरुका केही नेताहरु बाहेक सबै राजनितिक दल,तथा सम्पुण नेपालीहरु अब एक जुट भएर राष्ट्रघातको बिरुद्धमा सडकमा आउने बेला भएको दुराले बताईन ।
बन्दमा प्रेस, खानेपानीको गाडी,सुरक्षा तथा दुध बोक्ने बाहेक अरु सबैलाई निषेध गरिएको दुराले जानकारी दिईन । यो अन्र्तराष्ट्रीय बिषय भएकोले पर्यटन र कुटनितिक नियोगका सवारीसाधन पनि चल्न नदिने उनले बताईन ।
यसैगरि लमजुङ्ग,स्याङ्गजा, तनहुँ लगायतका जिल्लाहरुमा पनि बन्दको प्रभाव परेको हाम्रा सहकर्मिहरुले बताएका छन ।

प्रतिक्रियाहरु