बन्दलाई सहयाेग गर्नुहाेस् :प्रकाण्ड

२०७२ श्रावण ८ गते, शुक्रबार

काठमाडौँ, ७ साउन । नेकपा माओवादीका प्रवक्ता प्रकाण्डले आफ्नो पार्टीले भोली गर्न लागेको बन्दलाई सफल पार्न सबैपक्षसँग आग्रह गरेका छन् । विहीबार साझ एक विज्ञप्ति जारी गर्दै प्रवक्ता प्रकाण्डले केही सामाजिक संजाल प्रयोगकर्ताहरुले बन्द फिर्ता भन्दै फैलाएको हल्लाप्रति पार्टीको ध्यानाकर्षण भएको बताएका छन् ।
“भोली श्रावण ८ गते हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी माओवादीले आह्वान गरेको नेपाल बन्द कार्यक्रम फिर्ता लिएको भनि केही मिडियाले फैलाएको अफवाहप्रति पार्टीको ध्यान गंभिर रुपमा आक्रशित भएको छ” विज्ञप्तिमा भनिएको छ ।
भ्रामक प्रचारकोपछि नलाग्न आम जनसमुदायलाई आग्रह गर्दै प्रबक्ता प्रकाण्डले “षड्यन्त्र र अफवाहको भ्रममा नपरी श्रावण ८ गतेको नेपाल बन्द कार्यक्रलाई भब्य रुपमा सफल पार्न आफ्नो सहभागिता र सहयोगलाई नयाँ स्तरबाट सुनिश्चित गर्न आम न्याप्रेमी नेपाली जनसमुदायमा हाम्रो पार्टी जोडदार अपिल गर्दछ” जारी विज्ञप्तिमा भनेका छन् ।
माओवादीका प्रवक्ता प्रकाण्डद्वारा जारी गरिएको प्रेस विज्ञप्तिको पूर्ण विवरण यस प्रकार रहेको छ– “भोली श्रावण ८ गते हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी माओवादीले आह्वान गरेको नेपाल बन्द कार्यक्रम फिर्ता लिएको भनि केही मिडियाले फैलाएको अफवाहप्रति पार्टीको ध्यान गंभिर रुपमा आक्रशित भएको छ ।
भ्रामक प्रचार बन्दको तयारी र त्यसको भब्य सफलताको अग्रीम आधारहरुबाट आतंकित हुन पुगेका राष्ट्रघाती र दलाल तत्वहरुको नियोजित षड्यन्त्र एवं पित पत्रकारिताको अफबाह मात्र भएको कुरा हाम्रो पार्टी स्पष्ट गर्दछ ।
उक्त षड्यन्त्र र अफवाहको भ्रममा नपरी श्रावण ८ गतेको नेपाल बन्द कार्यक्रलाई भब्य रुपमा सफल पार्न आफ्नो सहभागिता र सहयोगलाई नयाँ स्तरबाट सुनिश्चित गर्न आम न्याप्रेमी नेपाली जनसमुदायमा हाम्रो पार्टी जोडदार अपिल गर्दछ ।”

प्रतिक्रियाहरु