मधेसी दलद्वारा संविधानसभाको बैठक बहिष्कार

२०७२ असार २० गते, आईतवार

काठमाडौं, २० असार । मधेश केन्द्रित केही दलले संविधानसभाको बैठक बहिष्कार गरेका छन् । आफ्ना भनाइ संविधानको मस्यौदामा नराखिएको भन्दै
संघीय समाजवादी फोरम नेपालसहितका चार मधेशी दलले बैठक बहिष्कार गरेका हुन् ।बैठक सुरु हुनेवित्तिकै विशेष समय लिएर बोल्दै तराई मधेश लोकतान्त्रिक पार्टीका सभासद् सर्वेन्द्रनाथ शुक्लाले मस्यौदा माथिको छलफल आफूहरुका लागि अर्थहीन भएको बताए ।
उनले आइतबारको बैठक बहिष्कार गर्ने घोषणा पनि गरे । उनको घोषणासँगै चार दलका सभासदहरु बैठकबाट बाहिरिए । संविधानसभाको बैठक भने चलिरहेको छ ।
यसअघि शुक्रबार र बिहीबार भने संविधानको मौलिक हकमा धर्म परिवर्तन गर्ने अधिकार राखिएको भन्दै राप्रपा नेपालले बैठक चल्न दिएको थिएन ।
तर प्रमुख तीन दलका शीर्ष नेताले आगामी संविधानमा धर्मबाट अलग हुने स्वतन्त्रतालाई धर्म परिवर्तनको हकका रुपमा कायम नगर्ने सहमति गरेपछि राप्रपा नेपालले बैठक चल्न दिएको थियो ।

प्रतिक्रियाहरु