‘आमाका नाममा नागरिकता देउ ‘

२०७२ असार १७ गते, बिहीबार

काठमाडौ, १७ असार । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा महिला नेतृ र अधिकारकर्मीहरुले नयाँ संविधानमा बुबा वा आमा मध्ये जो कोहीको नामबाट पनि बंशजको आधारमा नागरिकता पाउनु पर्ने ब्यवस्था गर्न माग गरेका छन । नेपाली काग्रेसकी नेतृ सुजाता कोइरालाले संविधानको पहिलो मस्यौदाले महिलाको भूमिकाको अवहेलना गरेको भन्दै आफैले जन्म दिएका छोरा छोरीलाई आमाले बंशजको आधारमा नागरिकता दिन पाउनु पर्ने माग गरिन ।
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा उनले मस्यौदा समितिका संयोजक कृष्णप्रसाद सिटौलालाई आफूले त्यस्तो ब्यवस्था नगरे तपाईलाई महिलाको समर्थन रहँदै र भोली कुर्सी छाड्नु पर्ने अवस्था समेत आउन सक्ने चेतावनी दिएको सुनाईन ।
कोइरालाले विश्वका १२० मुलुकमा आमा वा बुबा दुबैको नामबाट नागरिकता पाउने ब्यवस्था रहेको उल्लेख गर्दै यसको लागि आफू अन्ति समयसम्म लड्ने र परिवर्तन नगरे गंभिर नजिता भोग्नु पर्ने चेतावनी दिईन ।
उनले भनिन– काग्रेसले सच्याएन भने हामी अन्तिम समयसम्म लडिरहन्छौ । सबै महिला मिलेर यसलाई सच्याउन दवाव दिनु पर्छ । अन्यथा नेपालहरुले धेरै नराम्रो परिणाम भोग्नु पर्छ । भोलीको दिनमा कुर्सि गुमाउनु पर्ने अवस्था समेत आउन सक्छ ।
उनले विदेशी महिलाले तत्काल राजनीतिक अधिकारसहितको नागरिकता पाउने ब्यवस्थाको विरोध गर्दै विदेशी महिला वा पुरुष जो पनि नेपाल विवाह गरेर आउँदाको अवस्थामा समान ब्यवस्था हुनुपर्ने धारणा राखिन ।
कोइरालाले नेपाली नागरिकसँग विवाह गरेका भुटानीका बालवच्चा यही हुर्के पनि अहिलेसम्म नेपालको नागरिकता नपाउँदा परिवारमै झण्झट उत्पन्न भएको तर्क गर्दै परिवार शान्त नभएसम्म मुलुक पनि शान्त हुन नसक्ने भएकोले यस तर्फ सचेत हुन ध्यान आर्कषित गराईन ।
उनले ३३ प्रतिसत महिला सहभागिताको कुरा परिणाममा सुनिश्चित हुनु पर्ने भन्दै महिलाको ईज्जत नगर्ने पुरुष कसैको पनि आईडल हु नसक्ने बताईन ।
संविधानसभाकी उपसभामुख ओनसरी घर्तिले पार्टी नेतृत्वले महिलालाई पूर्ण अधिकार दिन नसकेको आरोप लगाउँदै अहिले प्रारम्भिक मस्यौदामात्रै आएकोले छलफल र दवावले यसलाई पूर्ण दिन सकिने भएकोले दह्रो आवाजको आवश्यकता रहेको बताईन ।
उनले महिलाको पहिचान गर्भ भएकोले बंशजको आधारमा आफ्ना सन्तानलाई आमाले नागरिकता दिनुे ब्यवस्था हुनु पर्नेमा जोड दिदै महिलालाई अ्ंश र समानताको अधिकार पनि दिनु पर्ने बताईन ।
३३ प्रतिसत महिला सहभागिताको कुरा ठिकै भए पनि यसलाई परिणाममा सुनिश्चित गर्नु पर्ने धारणा राखिन ।
नेकपा एमाले पोलिटब्यूरो सदस्य थममाया थापाले मस्यौदाले दिएका अधिकारलाई सस्थागत गर्दै थप अधिकारको लागि लड्नु पर्ने आवश्यकता औल्याईन ।
केन्द्रीय सभामा ३३, प्रादेशीक सभामा ४० र स्थानीय निकायमा ५० प्रतिसत सहभागिता सुनिश्चित गर्न कानून बनाउनु पर्ने आवश्यकता औल्याउँदै यसको निम्ति सबै जना मिलेर लड्नु पर्ने बताईन ।
उनले आमा वा बुबा बाट नागरिकता पाउने अन्तरिम संविधानको ब्यवस्थाबाट नेताहरु ब्याक भएकोले यसका विरुद्ध लड्नु पर्नेमा जोड दिदै अझै संसोधन गराउन सक्ने अवस्था रहेकोले त्यसकोलागि लड्न आब्हान गरिन ।
एमाओवादीकी नेतृ हिसिला यमिले बुबा र आमाको नामबाट नागरिकता बंशजको आधारमा दिने भनि राखेको शब्दावलीले मुलुकमा फेरि सामन्ती प्रथा ल्याएको दावीगर्दै महिलाको पहिचान नै नागरिकताबाट सुरु हुने भएकोले यसमा मौन बस्न नहुने तर्फ सचेत पारिन ।
समावेशी ठूलो नभई त्यो परिणाममा हुनु पर्ने भन्दै मन्त्री परिषददेखि पार्टीमासमेत ३३ प्रतिसत सहभागिता सुनिश्चित हुनुपर्ने बताईन ।
उनले ३३ महिला सहभागिता नभएसम्म निर्वाचन आयोगमा पार्टी नै दर्ता गर्न नपाउने ब्यवस्था गरे मात्रै महिलाको अधिकार सुनिश्चित हुने भएकोले संविधानमा त्यस्तो ब्यवस्थ गर्न माग गरिन ।
अधिकारकर्मी सपना मल्लले महिलालाई मस्यौदाले महिलालाई अपमानित गर्दै दोस्रो दर्जाको नागरिक बनाएको गुनासो गर्दै महिलालाई माग्ने र पुरुषलाई दिने बर्गको रुपमा मस्यौदाले उभ्याएको आरोप लगाईन ।
उनले अबको लडाई पितृसतात्मक सोचका विरुद्ध हुनुप र्ने भन्दै आमाको आधारमा पनि बंशजको नागरिकता पाउने ब्यवस्था गर्नु पर्ने माग गरिन ।
प्रधानले अन्तरिम संविधान भन्दा पनि मस्यौदा तल झरेको भन्दै प्रजनन स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्नु पर्ने बताईन ।
अहिले महिलालाई यौनिकताका दृष्टिले मात्रै हेरेको तर्क गर्दै जन्म दिनेबाट परिचय हुनु पर्ने जिकिर गरिन । उनले दलहरु आफै समावेशी नभएसम्म कुनै पनि निकायमा समावेशी हुने कुरा कार्यान्वयन हुन नसक्ने तर्क गरिनन ।
अधिकारकर्मी अनुराधा कोइरालाले नेताहरुले आफ्नै आमाको सम्मान गर्न नसकेको दावी गर्दै आमा भएकाले नै जन्म भएको तथ्यलाई भुलेको बताईन ।
आमा वा बुबा दुबैको नामबाट नागरिकता दिने ब्यवस्थ गर्न लडाई लड्नु पर्ने आवश्यकता औल्याईन ।
क्लबका अध्यक्ष ऋषि धमलाले महिलालाई पुरुष सरह अधिकार नदिएसम्म जनता सर्वशक्तिमान हुन नसक्ने ठोकुवा गर्दै बच्चा जन्माउन समान भूमिका हुने बुबा वा आमा को पहिचानको आधारमा नागरिकता दिने ब्यवस्था मिलाउनु पर्ने बताए । उनले अधिकार प्राप्तिकोलागि महिला नेतृत्वहरुलाई दलगत स्वार्थबाट माथि उठ्न आग्रह समेत गरे ।

प्रतिक्रियाहरु