कृषिमन्त्रीलाई कारबाहीको माग

२०७२ असार १६ गते, बुधबार

काठमाडौ, १६ असार । असार १५ को अवसरमा आयोजित रोपाइँ कार्यक्रममा कृषिमन्त्री हरिप्रसाद पराजुलीले हिलो खेल्ने बाहनामा महिलालाई गरेको ‘दुरब्यबहार’को संसदमा आलोचना भएको छ । बुधबारको बैठकमा बोल्ने सभासदहरुले ‘कृषिमन्त्रीको क्रियाकलाप खेदजनक हो’–भनेका छन् ।बैठकमा बोल्दै एकीकृत माओवादीका सभासद जनार्दन शर्माले ‘कृषिमन्त्रीले महिलामाथि गरेको अपमानलाई सबै जनताले प्रश्न उठाएको बताए । उनले मन्त्री पराजुलीलाई कारबाही गर्नसमेत माग गरे ।नेपाल मजदुर किसान पार्टीकी सभासद अमृता थापाले पनि कृषिमन्त्रीलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरिन् ।

प्रतिक्रियाहरु