विवाद समाधान कार्यदल छलफल थाल्दै

२०७२ असार ३ गते, बिहीबार

काठमाडौ, ३ असार । आजदेखि संविधान मस्यौदा तयार गर्न बनेको कार्यदलले विवाद समाधानका विषयमा छलफल सुरु गर्ने भएको छ । नयाँ संविधानका बाँकी विवाद मिलाउने जिम्मेवारी समितिका सभापति कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदललाई दिएपछि आजदेखि त्यो कार्यदलले काम थाल्नेछ । समितिअन्तर्गत गठित ५ उपसमितिले संविधानका प्रस्तावना, संक्रमणकालीन व्यवस्था, संविधान संशोधन, महाभियोग प्रस्ताव समिति, संवैधानिक निकायका पदाधिकारीको पुनर्नियुक्तिलगायत बाँकी विवाद समितिको पूर्ण बैठकबाटै निरूपण गर्नेगरी प्रतिवेदन पेस गरेका थिए ।
ती प्रतिवेदनमाथि दिनभरि भएको छलफलले विवाद समाधान गर्न नसकेपछि सभापति सिटौला नेतृत्वको कार्यदललाई दिने निर्णय भएको हो । कार्यदलमा पाँच उपसमितिका सभापति सदस्य छन् ।
कार्यदलले विवाद निरूपण र मस्यौदा एकीकरणको काम असार ७ को समयभित्र सक्ने म्यान्डेट पाएको छ । आज बिहान ११ बजेपछि कार्यदलले छलफल थाल्ने संसद सचिवालयले जनाएको छ । नागरिकता सम्बन्धी विवादमा भने एकै दलका सभासदबीच पनि फरक–फरक प्रस्ताव र अडान छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु