भूकम्पपीडितको सहयोगका लागि एकजुट होउ : मुन

२०७२ जेष्ठ ३ गते, आईतवार

काठमाडौं, ३ जेठ । संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनले नेपालका भूकम्पपीडितले ८० लाख नेपालीको पहिचान गुमाउने गरी भूकम्प झेलेका नेपालीहरुलाई सहयोग गर्न अन्तराष्ट्रिय समुदायलाई एकजुट हुन पुन अपील गरेका छन् ।राष्ट्रसंघीय बिशेष महासभालाई सम्बोधन गर्दै बान कि मुनले बिनाशकारी भूकम्पबाट प्रभावित नेपाल र नेपालीलाई दीर्घकालिन र दिगो पुन निर्माणमा लगानी जुटाउन अपरिहार्य रहेको भन्दै अन्तराष्ट्रिय समुदायलाई एकजुट हुन आग्रह गरेका हुन ।
उनले बैशाख १२ र २९ गतेको भूकम्पले नेपालका पूर्वाधार तहसनहस पारेकाले तत्काल ठूलो सहयोग आवश्यक भएको भन्दै अन्तराष्ट्रिय समुदायको ध्यान केन्द्रित गरेका हुन् ।
यसैबीच संयुक्त राष्ट्रसंघको बिशेष महासभाले भूकम्पको बिनाश र त्यसको प्रभावसंग जुध्न आपतकालीन सहायता बृद्धि, पुन निर्माण तथा पुन स्थापना प्रस्तावन पारित गरेको छ ।सर्वसम्मतिबाट पारित उक्त प्रस्तावका समर्थक राष्ट्रसंघका सबै १ सय ९३ सदश्यले राष्ट्रसंघीय सहायता पुन निर्माणका प्रयासमा प्रभावकारी समन्वय सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ ।

प्रतिक्रियाहरु