आजै ८ पटक पराकम्पन, पछिल्लो पराकम्पन ५.५ रेक्टर स्केलको

२०७२ जेष्ठ २ गते, शनिबार

काठमाडौं, २ जेठ । आज बिहानदेखि अहिले सम्म ८ पटक भूकम्पका पराकम्पन आएको छ भने पछिल्लो पराकम्पन ५.५ रेक्टर स्केलको रहेको बताइएको छ ।बैशाख १२गते गएको शक्तिशाली भूकम्पपछि पराकम्पन जानेक्रम अझै रोकिएको छैन ।पछिल्लोपटक अहिले साझ५ बजेर १९ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ५.५ रेक्टर स्केलको पराकम्पन गएको छ ।
शनिबारमात्रै ४ रेक्टर स्केल माथिका ८ वटा पराकम्पन गएका छन् । निरन्तरको पराकम्पनले खुला स्थानमा पाल टाँगेर बसेकाहरु फर्किएका छैनन् । भूकम्प मापन केन्द्रका अनुसार शनिबार गएका भूकम्पका अधिकांश केन्द्र दोलखा छन् । २९ गते गएको दोस्रो शक्तिशाली झड्काले दोलखामा सर्वाधिक क्षति भएको थियो ।

प्रतिक्रियाहरु