६ जना कालोबजारिया थुनामा

२०७२ जेष्ठ १ गते, शुक्रबार

काठमाडौं,१ जेठ । विपदको बेला ठगी गर्ने ६ जना थुनामा परेका छन् । पानीजन्य, औषधीजन्य र अरु खानेकुरामा ठगी गर्ने ६ जनालाई थुनामा राखिएको वणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले जनाएको छ । विपदमा साथ र सहयोग गर्नुको साटो उल्टै ठगी गरेको भन्दै ६ जनालाई थुनामा पठाएको विभागका निर्देशक हरिनारायण बेल्वासेले बताए । उनले कहीँ कतै ठगी गरेको पाईए तुरुन्त खबर गर्न पनि आग्रह गरे । उपभोक्ताले खबर गर्नासाथ तत्काल अनुगमनमा जाने र दोषीलाई तत्काल ठाउँको ठाउँ कारबाही गर्ने निर्देशक बेल्वासेले बताए । ठगीका बारे उपभोक्ताले पैसा नपर्ने नम्बर पर्ने १६६००१३१ ०४४ मा सम्पर्क गर्न सक्ने सरकारले जनाएको छ ।
अहिले दैनिक उपभोग्य सामाग्रीसँगै त्रिपाल लगायतका राहतका सामान पनि पहुँच हुनेले लैजाने र त्यहि सामाग्री पनि महंगोमा बेच्ने गरेको पाईएको छ । स्थानीय तहसम्म संयन्त्र नहुँदा पाउनेले पाएको पाएकै छन् भने पीडितहरुले एउटा पनि पाउन नसकेको गुनासा आइरहेको छ ।

प्रतिक्रियाहरु