भूकम्पको पूर्व अनुमान गर्न सकिन्छ, समय भन्न सकिँदैन : भूगर्भविद्

२०७२ बैशाख ३१ गते, बिहीबार

काठमाडौं,३१ वैशाख । राजधानीमा भूकम्पबारे भएको कार्यक्रममा भूगर्भविद्हरुले ठूलो भूकम्पपछि स–साना कम्पन आउनेक्रम जारी रहने भन्दै त्रसित नहुन सर्वसाधारणलाई आग्रह गरेका छन् । उनीहरुले भूकम्पको पूर्वअनुमान गर्न सकिए पनि समय यकिन गर्न नसकिने भन्दै स–साना कम्पन आउनुलाई स्वभाविक रुपमा लिनुपर्ने बताए ।
कार्यक्रममा भूगर्भविद् रञ्जन दाहालले भूकम्प जाने कारण, काठमाडौंका घरको संरचना, भूकम्प प्रतिरोधात्मक घर र बच्ने उपायबारे जानकारी गराएका थिए ।
कार्यक्रमका सहभागीहरुले भूकम्पबाट बच्न सरकारले तत्काल दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रियाहरु