ओबामाको सल्लाहकार नेपाली महिला

२०७२ बैशाख २७ गते, आईतवार

काठमाडौँ । नेपाली महिला संजीता प्रधानलाई अमेरिकी राष्ट्रिपति बाराक ओबामाले प्रशासनिक टीममा नियुक्त गरेका छन् ।आइतबार ओवामाले विस्तार गरेको प्रशासनिक नियुतिमा प्रधान पे्रसिडेन्ट एडभाइजरी कमिसन अन एशिया अमेरीकान एन्ड आइल्यान्डरको सदस्यमा नियुक्त भएकी हुन् ।प्रधान अमेरिकाको राजनीतिक नियुक्ति दिएर उच्च ओहोदामा पुग्ने पहिलो नेपाली मुलकी नागरिक हुन् । प्रधान शरणर्थी व्यवस्थापन सम्बन्धि कार्यमा सक्रिय थिइन् ।उनले सन् २०१० देखि १३ सम्म उनले पुनर्वास यरियोजनामा काम गरेकी थिइन् । यस अघि सन् २००९ देखि १० सम्म शरणर्थीहरुको कानुनी उल्झन व्यवस्थापनमा थिइन् ।उनले भारतको इण्डिया इन्टिच्युट अफ टेक्नोलोजिबाट पिएचडी गरेकी छिन् । – एजेन्सी

प्रतिक्रियाहरु