जन्मँदै ३२ वटा दाँत र २४ वटा औंला

२०७२ बैशाख ५ गते, शनिबार

काठमाडौँ ।संसारमा अनौठा अनौठा शरीर र अंग भएका शिशुको जन्म भएको सुन्न पाइन्छ । यस्तै अनौठी बालिकाको जन्म इराकको कुर्दिस्तानमा भएको छ । बीच न्यूजका अनुसार इराकको कुर्दिस्तानमा एक बालिका शिशुको जन्म ३२ वटा दाँत पलाएकै अवस्थामा भएको हो । उनका खुट्टामा पनि २४ वटा औंला रहेका छन् । यी बालिकाका दाँत केही छोटा र केही लामा छन् । उनका बाबुआमा इराकको हरिर नामको इलाकामा बसोबास गर्छन् । उनीहरुका अनुसार यी बालिकाको जन्म एकदम सामन्य तरिकाबाट भएको हो ।डाक्टरहरुका अनुसार यी शिशुमा कुनै हार्मोनको कमीबाट पीडित छिन् । अर्कातिर यी बालिकामा क्याल्सियम भने अत्याधिक रहेको छ । डाक्टरहरुले यी शिशुमा क्रोमोजोमको सन्तुलन नमिल्दा पनि समस्या देखिएको बताएका छन् ।यी शिशुलार्इ अहिले श्वास फेर्न समस्या भइरहेको छ । यी शिशु खान पिउन पनि सक्दिनन् । यी शिशुका दाँत सर्जरी गरेर बाहिर निकाल्नुपर्ने चिकित्सकहरुको भनाइ छ । यो कार्य शिशुका लागि घातक हुनसक्ने चिकित्सकहरु बताउँछन् ।- एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु