आज विश्व हुलाक दिवस

२०७१ आश्विन २३ गते, बिहीबार


काठमाडौ, २३ असोज । आज विश्व हुलाक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संसारभरको हुलाक सेवालाई स्तरीय र सुदृढ बनाउने उद्देश्यले विश्व हुलाक संघको स्थापना भएको दिन प्रत्येक बर्ष अक्टोबर ९ मा यो दिवस मनाइन्छ । विश्वभर सञ्चार सम्पर्क गराई आपसी सम्बन्ध, भाइचारा र आर्थिक, सामाजिक विकासमा सहयोग पुराउने उद्देश्यले सन् १८७४ अक्टोबर ९ का दिन हुलाक स्थापना भएको थियो ।
त्यसैले आजको दिनलाई हुलाक प्रशासनमा विभिन्न कार्यक्रमका साथै विश्व हुलाक दिवसका रुपमा संसारभरि मनाउने गरिन्छ । नेपालले सन् १९५६ जुलाई ११ का दिन विश्व हुलाक संघको सदस्यता पाएको हो ।
यद्यपी पछिल्लो समय विद्युतीय संचारका रुपमा रहेको मोबाइल फोन तथा इन्टरनेट सेवाको पहुँच बढ्दै गएपछि कुनै समय चिठी पत्र आदान प्रदानको एक मात्र माध्यमका रुपमा रहेको हुलाकको प्रयोग तथा महत्वमा कमी आउन थालेको देखिएको छ ।
हुलाक दिवसका अवसरमा शुभकामना दिदै सूचना तथा सन्चारमन्त्री मिनेन्द्र रिजालले हुलाकलाई समय अनुसार परिस्कृत गर्दै लैजानुपर्ने बताउनुभएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु