दसैंको शुभ साइत बिहान १० .४५ मा

२०७१ आश्विन १६ गते, बिहीबार


काठमाडौँ । नेपाल पञ्चाङग निर्णायक समितिले यस वर्षो दसैँको साइत र्सार्वजनिक गरेको छ । असोज १७ गते शुक्रबार महानवमी र विजयादशमी एकै दिन परेको छ । त्यस दिन महानवमीको पूजापाठ आदि कार्य सकेर मात्र विजयादशमीको पूजापाठ आदि कार्य सुरु गर्नुपर्ने शास्त्रीय विधि रहेको पनि बताइएको छ । असोज १७ गते शुक्रबार देवी विर्सजनको साइत बिहान ९ बजेर ५५ मिनेटमा रहेको छ भने टीका र प्रसाद ग्रहणका लागि बिहान १० बजेर १५ मिनेटको साइत उत्तम रहेको छ । विजयादशमीदेखि कोजाग्रत पूणिर्माका दिनसम्म देवीको प्रसाद ग्रहण गर्नहुने भए पनि साइत नै खोज्नेका लागि मात्र १० बजेर १५ मिनेटको साइत भएको बताइएको छ । शास्त्रीय मान्यताअनुसार सामान्य मानिसलाई टीका र प्रसाद ग्रहण गर्नका लागि साइत नचाहिने बताइएको छ । विजयादशमीका दिनमा गरिने तुलजा भवानीको यात्राका लागि १७ गते बिहान १० बजेर २१ मिनेटको साइत र स्थिर आसनका लागि बिहान ११ बजेर ५५ मिनेटको साइत उत्तम रहेको समितिले जनाएको छ । खड्गयात्रा असोज १७ गते विजयादशमीकै दिनमा परेको छ ।
दुगा पक्षमा तान्त्रिक विधिअनुसार दिइने सम्पूण बलिलाई असोज २१ गते मङ्गलबार समाप्त गर्नुपर्ने छ । त्यसै दिन कोजाग्रत पूणिर्मा व्रत परेको पनि समितिले जनाएको छ । यस वर्षाठ रात नौ दिनको नवरात्र परेको छ । नौ रात दश दिनको अवधि लगाएर शक्तिको प्रतीकका रूपमा दर्ुगा देवीको पूजा पाठ गरिने भए पनि तिथिको घटबढका कारण यस वर्षयस किसिमको योग परेको हो । नौ दिन दश रात लगाएर गरिने कार्य भएकैले नवरात्र भन्ने गरिएको हो । चैतको नवरात्रभन्दा ठूलो पर्वका रूपमा मनाइने भएकाले शरद ऋतुको आश्विन शुक्ल पक्षमा पर्नु दसैँलाई बडादसैँ पनि भन्ने गरिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु