चार दलको बैठक बिना निश्कर्ष सकियो, सर्वपक्षीय राजनीतिक सम्मेलन अनिश्चित

२०७१ भाद्र ३१ गते, मंगलवार


काठमाडौं । सर्वपक्षीय राजनीतिक सम्मेलनको एजेन्डा टुंग्याउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदल सदस्य सहितको शीर्ष बैठक विना निश्कर्ष टुंगीएको छ ।राजनीतिक सम्मेलनका प्रस्तुत गरिने एजेन्डाको विषयमा नेकपा–माओवादीले अलग धारण राखेपछि बैठक बिना निश्कर्ष टुंगीएको हो । सर्वपक्षीय सम्मेलनमा नेकपा माओवादीले शान्ति प्रकृया पछिका सवै विषयहरुको समिक्षा र नयाँ समझदारी गर्नुपर्ने अडान लिएको थियो ।
नेपाली कांग्रेस र एमालेले भने संविधान लेखनमा केन्द्रीत हुने एजेन्डा ल्याउनुपर्नेमा जोड दिएका थिए । बैठकको एजेन्डा तय हुन नसकेको भन्दै नेकपा–माओवादीले आश्चर्य व्यक्त गरेको छ । माओवादीले सम्मेलन सफल हुन नदिने षड्यन्त्र सुरु गरिएको आरोप समेत लगाएको छ ।
बैठक लगत्तै प्रधानमन्त्री सुशलि कोइराला सहित सबै शीर्ष नेताहरु सम्मेलन स्थल नयाँ बानेश्वर लागेका छन् भने नेकपा–माओवादी आकस्ककि पोलिटब्युरो बैठककालागि पाटी कार्यालय बुद्धनगरमा भेला भएको छ ।सम्मेलनमा सहभागिताकालागि माओवादी नेतृत्वको मोर्चादलका सदस्यहरु बुद्धनगरमा तयारी अवस्थामा छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु