असोजदेखि सडक आन्दोलनमा जान्छौ : प्रचण्ड

२०७१ भाद्र ७ गते, शनिबार


काठमाडौ, ७ भदौ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भदौभित्र नयाँ संविधानका आधारभूत विषयमा सहमतिको खाका नआए असोजदेखि सडक आन्दोलनमा जाने चेतावनी दिएका छन् ।आज संघीय गणतान्त्रिक मोर्चाको अन्तक्रियामा बोल्दै अध्यक्ष प्रचण्डले नयाँ संविधानका लागि सत्ता गठवन्धन पूर्ण रुपले गैरजिम्मावार भएको दृष्टान्त प्रस्ततु गरे । उनले यो बहिरो र गैरजिम्मेबार सरकारलाई व्युंझाउन पनि सडकमा जानुको विकल्प नभएको प्रचण्डको निश्कर्ष छ । भदौभित्र विगतको संविधान सभामा भएको सहमतिको स्वामित्व ग्रहण गर्दै यसैको आधारमा टेकेर संविधान बनाउने काम भएन भने असोजदेखि शान्तिपूणर््ँ जनविद्रोहमा जाने भन्दै अध्यक्ष प्रचण्डले सडकबाटै जनताको संविधान बनाउने अवस्था पनि आउन सक्ने बताए ।
मोर्चाका संयोजक तथा एमाओवादी अध्यक्ष प्रचण्डले भदौ १४ गते देशको चार ठुला सहरमा अन्तरक्रिया गरिने जानकारी दिए । भदौ २१ गते देशको अन्य भागमा ३ वटा अन्तरक्रिया गर्ने र भदौ महिनाभित्र देशको ७५ वटै जिल्लामा अन्तरक्रिया गरिने जानकारी गराए । उनले अभियानबाट पनि परिवर्तनकारी सविधान बन्ने वातावरण तयार नभए सडक अन्दोलन सुरु हुने बताए । उनले अन्दोलन सविधान घोषणा गरेर मात्र सकिने दावी पनि गरे । उनले शान्तिपूर्ण जनविद्रोहीबाट क्रान्तिपूर्ण सविधान बन्ने दावी पनि गरे ।
कांग्रेस, एमालेलगायतका सत्तासीन दलहरु सविधान निर्माणमा चासो नदिएकाले नै गणतन्त्रिक मोर्चा निर्माण गर्नुपरेको भन्दै १२ बुँदे सहमति, मधेशवादी जनजातिहरुसँग भएको सहमतिको आधारमा नयॉ सविधान बन्ने बताए ।अहिले सहमतिकै आधारमा सविधान बन्नुपर्ने भन्दै प्रक्रृयामा जाने दुस्साहस गरे त्यसको परिमाण भयानक हुने चेतावनी पनि दिए । उनले अहिलेको सविधान सभाको अंकगणित भन्दा पहिलो सविधानसभामा भएको सहमति र विभिन्न समुहसँग भएको सहमति महत्वपूर्ण भएको दावी पनि गरे ।
कार्यक्रममा एमाओवादी अध्यक्ष प्रचण्डका साथै मधेसी दलका नेताहरु विजयकुमार गच्छदार, उपेन्द्र यादव, राजेन्द्र महतो, महन्थ ठाकुर लगायतले विगतका मधेश आन्दोलन र विभिन्न आन्दोलको भावना अनुसार संविधान बनाउन आफूहर तयार रहे पनि कांग्रेस एमाले जनताको भावनाविपरित हिंडिरहेकाले संविधान बन्नेमा शंका व्यक्त गरे ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु