राष्ट्रिय महिला सम्मेलन सुरु हुँदै

२०७१ भाद्र ५ गते, बिहीबार


काठमाडौँ, ५ भदौ । सन् १९९५ मा चीनको राजधानी बेइजिङमा भएको संयुक्त राष्ट्रसङ्घीय चौथो महिला सम्मेलनको बीसौं वर्षगाँठको उपलक्ष्यमा आयोजना गरिने ‘राष्ट्रिय महिला सम्मेलन’ को आज राष्ट्रपति डा. रामवरण यावदद्वारा उद्घाटन हुने भएको छ ।
ललितपुरको स्टाफ कलेजमा हुन गइरहेको तीनदिने महिला सम्मेलनका लागि देशका ७५ जिल्लाका ३०० भन्दा बढी महिला अधिकारकर्मी काठमाडौँ आइपुगेका छन् ।
महिला सम्मेलनका सहभागीका लागि हिजो अभिमुखीकरण तालिम दिइएको बेइजिङ पुनरावलोकनका लागि राष्ट्रिय सञ्जालका संयोजक बन्दना राणाले बताउनुभयो ।
महिला सम्मेलनले नेपालको महिला आन्दोलनमा हालसम्म भएका उपलब्धि र आगामी दिनको मुद्दा र मार्गदर्शनसहितको काठमाडौँ घोषणापत्र सार्वजनिक गर्ने छ ।

प्रतिक्रियाहरु