विश्वकप आयोजक सहरमा पुल भत्कियो

२०७१ असार २० गते, शुक्रबार


काठमाडौं, २० असार । ब्राजिलमा जारी विश्वकप फुटबलको आयोजक सहरहरुमध्येको एक बेलो होरिजोन्तेमा फ्लाईओभर भत्कँदा दुईजनाको मृत्यु भएको छ । व्यस्त राजमार्गमा निर्माणाधीन उक्त फ्लाईओभर भत्कँदा एउटा बस, दुईओटा लरी र केही निजी कार किचिएको अनुमान गरिएको छ ।
दुर्घटनामा परी कम्तिमा २ जनाको मृत्यु भएको छ भने झन्डै दुई दर्जन घाइते भएका छन् । ब्राजिलको मिनास गेरास राज्यको राजधानी बेलो होरिजोन्तेमा विश्वकपमा खेलहरु भइरहेका छन् ।समूह चरण र प्रिक्वार्टरफाइनलमा खेलहरु भएको यो सहरमा विश्वकपको एउटा सेमिफाइनल खेल आयोजना हुन बाँकी छ ।दुर्घटनाप्रति ब्राजिलकी राष्ट्रपति डिल्मा रुसेफले दुख प्रकट गरेकी छन् । दुर्घटनाले विश्वकपको खेल तालिकामा कुनै परिवर्तन नहुने बताइएको छ । -एजेन्सी

प्रतिक्रियाहरु