फ्रान्समा सार्वजनिक स्थलमा बुर्का लगाउन नपाउने कानुन कायमै

२०७१ असार १८ गते, बुधबार


काठमाडौं, १८ असार । युरोपेली मानवअधिकार अदालतले फ्रान्समा सार्वजनिक स्थलमा महिलाले बुर्का लगाउन नपाउने कानूनलाई कायमै राखेको छ । फ्रान्सेली एक महिलाले बुर्कासम्बन्धि उक्त व्यवस्था खारेज गर्न मुद्दा दायर गरेकोमा अदालतले उक्त निर्णय गरेको हो ।
बुर्का नलगाउँदा धार्मिक र अभिव्यक्ति स्वतन्त्रता हनन भएको भन्दै महिलाहरुले बुर्कासम्बन्धि कानून खारेज गर्न सरकारलाई दबाब दिँदै आएका थिए । फ्रान्सले सन् २०१० देखि सार्वजनिक स्थानमा अनुहार ढाक्ने बुर्का लगाएमा १ सय ५० युरो जरिवाना तिर्नुपर्ने कानून लागू गरेको हो ।
बुर्कामाथि प्रतिबन्ध लगाउने फ्रान्स पहिलो राष्ट्र पनि हो । फ्रान्सकै सिको गर्दै बेल्जियमले पनि सन् २०११ देखि सार्वजनिक स्थलमा बुर्का लगाउन प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रियाहरु