नेपाल-भारत सुरक्षा सुझाव समितिको बैठक हुदै

२०७१ जेष्ठ २३ गते, शुक्रबार

काठमाडौं। नेपाल-भारत सुरक्षा सुझाव समितिको दुईदिने बैठक काठमाडौंमा सुरु हुने भएको छ । हरेक वर्ष नेपाल र भारतमा आलोपालो गरी सञ्चालन हुँदै आएको बैठक यही जेठ २५ र २६ गते हुने तय भएको छ ।
बैठकमा भारतका तर्फबाट वैदेशिक मामिला मन्त्रालयका सहसचिव अभय ठाकुरले १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । १५ सदस्यीय नेपाली टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राईले गर्नेछन् ।
बैठकमा आपसी सहयोगका विषयमा छलफल हुनेछ । साथै अघिल्ला बैठकमा भएका निर्णयमाथिको प्रगति समीक्षा र आगामी वर्षको कार्य विवरणमाथिसमेत छलफल हुने उक्त बैठकमा द्विपक्षीय सुरक्षा सरोकारका साथै सैन्य सामग्री, तालिम तथा सूचना आदानप्रदानका विषयमा समेत छलफल हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रतिक्रियाहरु