अन्तर्राष्ट्रिय जलवायु सम्मेलन आजदेखि

२०७१ बैशाख १४ गते, आईतवार


काठमाडौं, १४ वैशाख । जलवायु सम्मेलन जलवायु परिवर्तन अनुकुलसम्बन्धी आठौं अन्तर्राष्ट्रिय सम्मेलन(सिबीए) को आज औपचारीक सुरुवात हुँदैछ ।सम्मेलनको काठमाडौंमा रहेको प्रधानमन्त्री सुशील कोइरालाले उदघाटन गर्ने कार्यक्रम छ ।सम्मेलनमा नेपालसहित विभिन्न देशका प्रतिनिधिद्वारा ८ जिल्लामा गरिएको जलवायु परिवर्तनबारे ३ दिन गरिएको अनुगमनको निश्कर्षलाई पेश गर्ने छन् । साथै सम्मेलनमा राष्ट्रिय, अन्तर्राष्ट्रिय, क्षेत्रगत एवंं समुदाय तहमा भइरहेका लगानी, योजना तथा अभ्यासबारे सुचना आदान प्रदान हुनेछ ।
बेलायत र बंगलादेशका जलवायु क्षेत्रमा काम गर्ने संस्था र विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले संयुुक्त रुपमा आयोजना गरेको सम्मेलनमा ५० देशका ३ सय ५० भन्दा बढी प्रतिनिधिको सहभागीता छ । दोस्रो चरणको सम्मेलन चारदिनसम्म चल्नेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु