यस्तो शीशा, जुन फुट्दैन

२०७१ बैशाख १२ गते, शुक्रबार


काठमाडौँ। तपाई आफ्नो घरमा शीशा र शीशाबाट बनोका सामाग्रीले सजावट गर्न लाग्नु भएको छ ? शीशा फ्ट्ने डर छ ? अब चिन्ता नलिनुहोस् । विज्ञानको चमत्कारसँग अब न फुट्ने शीशाको पनि आविश्कार भइसकेको छ ।शीशाका सामाग्रीहरुले घर सजाउन चाहानेहरुको लागि भविश्यमा नेक्स्ट जेन ग्लास (फरक प्रकारको शीशा) बजारमा आउने भएको छ ।क्यानडाको मेक्गिल यूनिभर्सिटीको इन्जिनियरहरुले यस्तो शीशाको विकाश गर्न लागेका हुन् । जुन शीशालाई आवाश्यकता अनुसार बंङ्ग्याउन सकिन्छ र ठूलै बस्तुले चोट दिएपनि फुट्दैन ।शीशा बलियो बनाउने काइदा भने प्रकृतिक शैली नै भएको निमार्णकर्ताहरुको भनाइ छ । मेक्गिल युनिभर्सिटीका मेकेनिकल इन्जिनियरिङ विभागका प्रमुख प्रोफेसर फ्रेंकोइस बाथ्रेलतले बताए अनुसार उक्त शीशाको बाहिरी खोल भित्र सुक्ष्म ब्लक जस्तो टाटेपाटे देखिन्छ, जसले शीशा बलियो भएको प्रमाणित गर्दछ ।प्रोफेसर फ्रेंकोइसको अनुसार शीशामा तीन प्रकारको लेयरहरुको प्रयोग गरिएको छ । जसले शीशालाई थ्रीडी जस्तो देखाउँछ र थप मजबुत बनाउन सहयोग गर्दछ । शीशा निमार्णमा खटिएका इन्जिनियरहरुका अनुसार उक्त शीशा सामान्य शीशाको तुलनामा २०० गुण बलियो हुन्छ ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु