लोडसेडिङ्ग घटाउन विद्यार्थी कस्सिए

२०७० माघ ६ गते, सोमबार


काठमाडौं, ६ माघ। लोडसेडिङ्ग घटाउन माग गर्दै १३ विद्यार्थी संघ संगठनले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक अर्जुन कार्कीको ध्यानाकर्षण गराएका छन् । विद्यार्थी संगठनहरुले प्राधिकरण गई उद्योग धन्दाहरुलाई २४सै घण्टा विद्युत दिने निर्णय सच्याउनुपर्ने, भिआइपी क्षेत्रमा पनि लोडसेडिङ्ग गरिनुपर्ने माग गरे ।
भिआईपीहरुलाई लोडसेडिङ्ग नगर्दा त्यसको भार पनि सर्वसाधारणलाई नै परेको उनिहरुको भनाई छ । यो काम काम तत्काल बन्द गर्न उनिहरुले प्राधिकरणको ध्यानाकर्षण गराएका छन् । उनीहरुले लोडसेडिङ्गका कारण विद्यार्थीको भविष्य अन्धकार बनेको भन्दै परिक्षाको समयमा लोडसेडिङ्ग घटाउन पनि माग गरे ।
विद्यार्थीहरुले विराटनगर र विरगञ्जका उद्योगमा २४सैं घण्टा विजुली दिदा त्यसको मार पनि सर्वसाधारणमा पारिएको भन्दै चर्को विरोध जनाएका छन् । विद्यार्थी संगठनले बुझाएको ज्ञापन पत्र लिदै प्राधिकरणका कार्यकारी निर्देशक तत्काल लोडसेडिङ्ग घटाउन सक्ने सम्भावना नै नभएको प्रष्ट पारे ।
उनले लोडसेडिङ १२ घण्टामा सीमित पार्न कुलेखानी प्रयोगमा नल्याइएको पनि बताए । उनले उद्योग मन्त्रालयको आग्रहमा २ वटा उद्योगलाई मात्रै अन्यको तुलनामा बढि विजुली दिएको प्रष्ट पारे ।विद्यार्थी संगठनहरुले लोडसेडिङ्ग नघटाइए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । उनीहरुले विद्युत चुहावट नियन्त्रण गर्न पनि प्राधिकरणको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार