वैदेशिक रोजगारीको नाममा करोडौ ठगि

२०७० पुष १३ गते, शनिबार


काठमाडौँ । यस आर्थिक वष २०७०/७१ को मंसिर महिनासम्म विदेश पठाइदिने भन्दै ५५ करोडभन्दा बढी रूपैयाँको ठगी भएको छ । चालु आर्थिक वष २०७०/७१ को पहिलो चार महिनामा मात्र वैदेशिक रोजगारीमा पठाउने विभिन्न म्यानपावर कम्पनी, कन्सल्टेन्सी, एजेन्ट र व्यक्तिगत तवरबाट यति ठुलो रकम ठगी भएको हो ।
चार महिनामा मात्र ५५ करोड ३३ लाख २९ हजार ७ सय ९२ रूपैयाँको दाबीसहित वैदेशिक रोजगार विभागमा ८ सय ७० वटा उजुरी दर्ता भएका छन् । त्यसमा संस्थागततर्फ २३ करोड १३ लाख दुइ हजार आठ सय १२ रूपैयाँको दाबी सहित विभागमा पाँच सय ३२ वटा उजुरी दर्ता भएका छन् भने व्यक्तिगत तर्फा ३२ करोड २० लाख २६ हजार नौ सय ८० रूपैयाँको दाबी सहित तीन सय ३८ वटा उजुरी दर्ता भएका छन् । यसरी मेनपावर कम्पनी र एजेन्ट लगायतका अन्य दलालहरूले वैदेशिक रोजगारीको नाममा रकम असुल गरी स्वदेश तथा विदेशमा कामदारलाई अलपत्र पार्न, बढी रकम असुल्ने र सम्झौता बमोजिम सेवा सुविधा तथा पारिश्रमिक नदिने गरेको उजुरी बढ्दै गएको विभागले जानकारी दिएको छ । दैनिकजसो ३ देखि ५ वटा उजुरी वैदेशिक रोजगार विभागमा दर्ता हुने गरेको छ । रकम असुलेर ठगी गरेको भन्दै विभागमा कामको सिलसिलामा रोजगारीमा जाने कामदार र विदेश पठाउने व्यक्तिहरूबीच झगडा हुने क्रम पनि बढ्दो रहेको विभागले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार