सुरुङमार्गको काम सुरु

२०७० मंसिर २४ गते, सोमबार

हेटौंडा ,२४ मंसिर । बहुचर्चित हेटौँडा-कुलेखानी-काठमाडौँ सुरुङमार्गको पहिलोचरणको निर्माण कार्य सुरु भएको छ ।पहिलो चरणको निर्माण कार्यमा २४ करोड रुपैयाँ खर्च लाग्नेछ । यसको जिम्मा मेघा टेक इन्जिनियरिङ, हाई हिमालयन कन्स्ट्रक्सन, युनाइटेड विल्डर्स र स्वछन्द निर्माण सेवालाई दिइएको छ ।नेपाल पूर्वाधार विकास कम्पनीका अध्यक्ष कुशकुमार जोशीले रु कामको सुरुवात भीमफेदीबाट कुलेखानीसम्मको सुरुङ खनेर गरिएकाले पनि कामका लागि सो मार्ग प्रयोग आई ढुवानीमा सहजता आउने बताए ।सुरुङमार्ग हेटौँडाको राप्तीपुलबाट सुरु भई लालझडी निस्कने र त्यहाँबाट अर्को सुरुङ मार्ग हुँदै भैँसे र पान्द्रङको बीचमा निस्कने छ । भीमफेदीबाट सुरु हुने अर्को सुरुङ हुँदै रानीखोला निस्कने र त्यहाँबाट काठमाडौँको बल्खु पुग्न पुनः अर्को एउटा सुरुङ निकालिने कम्पनीले जनाएको छ । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार