अन्तराष्ट्रिय व्यापार मेला माघ ११ देखि

२०७० मंसिर २३ गते, आईतवार


काठमाडौँ । आगामी माघ ११ देखि १८ गतेसम्म विराट महोत्सव अन्तराष्ट्रिय व्यापार मेला-२०७० हुने भएको छ । मेला आयोजक मोरङ व्यापार संघले विराटनगरमा शुक्रवार पत्रकार सम्मेलन गरी विराटनगरमा हुन लागेको महोत्सवको बारेमा जानकारी गराएको हो । महोत्सवमा नेपाललगायत चीन, भारत, बङ्गलादेश र पाकिस्तानमा उत्पादन गरिएका वस्तुहरु प्रदर्शनमा राखिने मोरङ व्यापार संघका अध्यक्ष अविनाश बोहराले जानकारी दिय । महोत्सवमा १ सय ५० वटा स्टल रहने र त्यसका लागि बुकिङ खुला गरिएको छ । मेला अवधिभर नेपाल र भारत सिमावर्ती क्षेत्रका ३ लाख दर्शकहरुले महोत्सवको अवलोकन गर्ने आयोजकले दाबी गरेको छ । महोत्सवमा ५ करोडभन्दा बढीको कारोवार हुने आयोजकले जनाएको छ । मेलामा पहाडी जिल्लामा उत्पादित कृषि र हस्तकला उद्योगका लागि १० वटा स्टल निःशुल्क उपलव्ध गराइने जनाइएको छ । मुलुकमा औद्योगिक उत्पादनहरुको वजार पहिचान , लगानी क्षेत्र, कृषि र खनिजजन्य वस्तुहरुको औद्योगिकरण, जलश्रोत र पर्यटन क्षेत्रमा लगानी तथा औद्योगिकरणका लागि महोत्सवको माध्यमवाट टेवा पुर्याउने महोत्सवको लक्ष्य रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । मोरङ व्यापार संघ, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि विकास मन्त्रालय, जिल्ला विकास समिति मोरङ, विराटनगर उपमहानगरपालिका, नेपाल पर्यटन बोर्ड नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा एक हप्तासम्म चल्ने महोत्सव सफल पार्न एसियन थाइफुड प्रालिले प्रायोजन गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार