अब बत्तीको पैसा रिचार्ज कार्डबाट तिर्न मिल्ने

२०७० मंसिर १० गते, सोमबार


काठमाडौं, १० मंसिर । अब नेपाल विद्युत् प्राधिकरणका ग्राहकले बिजुलीको बिल रिचार्ज कार्डबाट तिर्न पाउने भएका छन् । बिजुलीको बिल तिर्न प्राधिकरणकै काउन्टरमा पुग्नुपर्ने बाध्यता रहेकोमा ग्राहकले नयाँ वर्ष २०७१ देखि घरमै बसी–बसी रिचार्ज कार्डमार्फत बिल तिर्न सक्नेछन् ।मोबाइलमा जस्तो पिन कोड हालेर घरमै बसी–बसी जुनसुकै बेला पनि बिजुलीको बिल तिर्ने गरी रिचार्ज कार्ड सेवाको नयाँ प्रविधि ल्याउने तयारी अघि बढाएको र नयाँ वर्ष २०७१ सालदेखि लागू गर्ने तयारी अघि बढाएको ग्राहक तथा वितरण निर्देशनालयका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेले जानकारी दिए ।
प्राधिकरणका अनुसार मोबाइलमा स्टार ४१०० वा ४१०१ स्टार जिल्ला र वितरण केन्द्रको कोर्ड, ग्राहकको नम्बर हाली ह्यास गरेर रिचार्ज गरेपछि त्यो रकम बिजुलीको बिल तिर्ने प्रणालीमा गई बिल भुक्तानी हुनेछ भने रिचार्ज बढी भएमा अर्को महिनाको बिल तिर्नका लागि रकम सञ्चित हुन जान्छ । बिजुलीको बिल तिर्ने उक्त रिचार्ज कार्ड मोबाइलको कार्डजस्तै पसल–पसलमा किन्न पाउने व्यवस्था गरी उक्त नयाँ सेवा प्राधिकरणले ल्याउन लागेको हो ।प्राधिकरणले नमुना परियोजनाको रूपमा अघि बढाउन लागेको मोबाइल कम्प्युटर पेमेन्ट कार्यक्रमको अहिले परीक्षण भइरहेको र आगामी मंसिर २५ गते अन्तिम परीक्षण गर्न लागेको प्राधिकरण सूचना प्रविधि विभागका सहायक प्रबन्धक मनोजकुमार शाहले जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार