आज अन्तर्राष्ट्रिय शान्ति दिवस

२०७० आश्विन ४ गते, शुक्रबार

काठमाण्डौं, ४ असोज। आज अन्तर्राष्ट्रिय शान्ति दिवस, ‘शान्ति र शिक्षा : समृद्ध नेपालको अपेक्षा’ भन्ने मूल नाराका साथ विविध कार्यक्रमको आयोजना गरी देशभर मनाइदैछ ।हरेक वर्ष सेप्टेम्बर २१ का दिन यो दिवस मनाउने प्रचलन अनुरूप यस वर्ष शिक्षालाई प्राथमिकता दिएर दिवस मनाउन लागिएको शान्ति तथा पुनःनिर्माण मन्त्रालयले जनाएको छ ।
दिवसलाई भव्य रूपमा सम्पन्न गर्न शान्तिमन्त्री रामकुमार श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । दिवसका अवसरमा असोज ३, ४ र ५ गते विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । जसअन्तगर्त शुक्रबार बिहान रत्नपार्कस्थित शान्तिबाटिकाबाट शान्ति र्‍याली सुरु भई बबरमहलस्थित शान्ति कोषको सचिवालयमा पुगेको छ ।दिउँसो शान्ति तथा पुनःनिर्माण मन्त्रालय परिसरमा हुने विशेष समारोहमा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, शान्तिमन्त्री श्रेष्ठसहित विशिष्ट व्यक्तिहरू एवम् विभिन्न दातृ समुदायका प्रतिनिधिको सहभागिता रहने मन्त्रालयले जनाएको छ । नेपालमा सन् २००२ देखि अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदै आएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु