एमालेको स्थायी समितिको बैठक स्थगित

२०७० भाद्र २६ गते, बुधबार

काठमाडौ , २६ भदौ : आजका लागि बोलाइएको नेकपा एमालेको स्थायी समितिको बैठक स्थगित भएको छ । देशको पछिल्लो राजनीतिक अवस्था, संविधानसभा निर्वाचन, उम्मेद्वारको सिफारिस लगायतका विषयमा छलफल गर्न बोलाइएको बैठक चुनावी घोषणा पत्रका विषयमा छलफल गर्नका लागि स्थगित गरिएको बताइएको छ ।
आगामी संविधानसभा निर्वाचनका लागी पार्टीबाट उम्मेदवार सिफारिस गर्नका लागि तय भएको समय मंगलबार सकिएको छ भने सोही उम्मेद्वारी तथा पार्टीले निर्वाचनको समयमा चाल्ने कदमका बारेमा स्थायी समितिमा छलफल हुने भएको थियो । घोषणापत्र तयारीका बारेमा जुट्नुपर्ने भएकाले स्थायी समितिको बैठक स्थगित गरिएको एमालेले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु