एनबी इन्स्योरेन्स कम्पनीलाई अन्तिम मौका

२०७० भाद्र ८ गते, शनिबार

काठमाडौँ । बिमा समितिले एनबी इन्स्योरेन्स कम्पनीलाई एक महिनाभित्र सुधार गर्न अन्तिम मौका दिएको छ । बिमा समितिले एनबीका सञ्चालकलाई बोलाएर सुधार गर्न नसके कम्पनी बन्द गर्ने चेतावनीसमेत दिएको छ । यसअघि पनि पटक-पटक पुँजी वृद्धि, दाबी भुक्तानीमा प्रभावकारिता तथा आर्थिक नियन्त्रण प्रणालीमा सुधार गर्न निर्देशन दिएको थियो । एनबीले बिमा समितिको निर्देशनविपरीत काम गरेकाले करिब डेढ वर्षकारोबार बन्द भएको बताउँदै बिमा समितिका निर्देशक श्रीमान् कार्कीले भने, ‘जीवन बिमा कम्पनीको हकमा २५ करोड चुक्ता पुँजी पुर्याउनु पर्ने प्रावधान भएकाले तत्काल सुधार गरी पुँजी वृद्धि गर्न निर्देशन दिएको छौँ ।’ कम्पनीको हाल चुक्ता पुँजी १० करोड रूपैयाँ छ भने १५ करोड रूपैयाँ सञ्चालन नोक्सानी छ । बिमा समितिका अनुसार एनबीको सञ्चालक समितिले वर्ल्डज्ञ मर्चेन्ट फाइनान्समा समितिको निर्देशनविपरीत ३ करोड ५३ लाख रूपैयाँ निक्षेप राखेको थियो । बिमा समितिको निर्देशनअनुसार इन्स्योरेन्स कम्पनीले एउटा फाइनान्समा पाँच प्रतिशत रकम निक्षेप राख्न सक्छन् । फाइनान्स कम्पनीमा संकलन गरेको निक्षेप फिर्ता गर्न निर्देशन दिँदै आए पनि हाल उक्त फाइनान्स संकटग्रस्त भएकाले फिर्ता हुन सकेको छैन । विगतमा इन्स्योरेन्सको सञ्चालक समितिले समेत आर्थिक अनियमितता गरेको खुलासा भएपछि बिमा समितिले करिब डेढ वर्षघि कम्पनीको सम्पूण् कारोबार बन्द गरेको थियो तर पछि सञ्चालक समितिले सुधार गर्ने जनाएपछि छ महिनाअघि कारोबार पुनः सञ्चालन भएको थियो । कम्पनीलाई कारबाही भएकाले वासलात पेस नगरेको तथा वासलात पेस नगरेकाले अनुमतिपत्र नवीकरण हुन सकेको छैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार