चार दल र उपेन्द्रको मोर्चावीच बार्ता हुँदै

२०७० श्रावण ३१ गते, बिहीबार

काठमाण्डौ, ३१ साउन। प्रमुख चार दल सम्मिलित उच्चस्तरीय राजनीतिक समिति र उपेन्द्र यादव नेतृत्वको सङ्घीय लोकतान्त्रिक मोर्चाबीचको आज वार्ता साँझ ५ बजे नयाँ बानेश्वरस्थित समितिको कार्यालयमा हुने भएको छ ।हिजो साँझ भएको वार्ता औपचारिकरूपमा वार्ता विषयवस्तुमै प्रवेश नगरी टुङ्गिएको थियो । वार्ता सहमति नजिक पुगेको भनिएपछि राजनीतिक समिति र यादव नेतृत्वको मोर्चावीच आआफ्ना अडान कायमै छन् ।
यादव नेतृत्वको मोर्चाले राजनीतिक समिति खारेज, खिलराज रेग्मीको प्रधान्यायाधीश पदवाट राजीनामा, २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश खारेज, मतदाता नामावली संकलनको म्याद थप, निर्वाचन क्षेत्र पुन निर्धारण पुरानै कायम राख्नु पर्ने लगायतका ६ बुँदे माग अघि सार्दै आएको छ । यादव नेतृत्वको मोर्चाले ६ बुँदे माग सहमतिको बटमलाइन भएको भन्दै यसवारे पुनविचार गर्न नसकिने वताउँदै आएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु