राजनीतिक अस्थिरताको पराकाष्ठा – छत्रबहादुर मैनाली

२०७० श्रावण २६ गते, शनिबार

पूवप्रधानमन्त्री डाक्टर बाबुराम भट्टर्राई सरकारको कार्यालमा भ्रष्टाचार रोकथामको लागि भ्रष्टाचार शून्य सहनशीलताको नीति अपनाएर सरकारको लोकप्रियता विस्तार गर्ने कडीको रूपमा प्रयोग भएको थियो । धेरैको अनुमान मुलुकका भ्रष्टाचारीलाई कारबाही भएर सुशासन स्थापित हुनेमा विश्वस्त थिए, कारण प्रधानमन्त्री डाक्टर बाबुराम भट्टर्राईको उच्च बौद्धिक स्तर, सरल जीवन, स्पष्ट बर्ता, राजनीतिमा खारिएको व्यक्तित्वलगायतलाई बलियो आधार मानिएको थियो । सरकारको भ्रष्टाचारसम्बन्धी नीतिको ताली पिटेर स्वागत भएको थियो । नयाँ प्रधानमन्त्रीबाट सुधारको अपेक्षा गर्न आमनागरिकको चासोको विषय थियो । देश, काल, परिस्थिति अनुरूप तत्कालीन प्रधानमन्त्रीमा ठूलो जिम्मेवार रहेको थियो । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउनेदेखि समयमा संबिधान निर्माण गरेर मुलुकलाई निकास दिनु मूल कर्तव्य थियो । तर, समय क्रमिक रूपले आफ्नो गतिमा दौडी रहृयो । राजनीतिक समस्या जहाँको त्यही अल्झी रहृयो । सहमति खोज्दाखोज्दा समय त्यतिकै खेर गयो । हुँदाहुँदा संविधानसभाकै औपचारिक रूपमा अवसान भएर मुलुकमा थप राजनीतिक अन्यौलता छाउन पुग्यो । समयसँग चल्न नसक्दा जतिसुकै योग्य भनेर व्याख्या गरे पनि अनुकूल अवस्थामा प्रतिकुल अवस्थाको हार बेहोर्नु पर्दोरहेछ भन्ने पाठ बिगतको घटनाले सिकाएको छ । जसको परिणाम इतिहासमा नगरेको अभ्यास वर्तमान सरकार निर्माणमा हुन गएको छ । वर्तमान सरकारको मूल काम भनेको समयमै निर्वाचन गराएर मुलुकलाई निकास दिनु रहेको छ । भ्रष्टाचारकै सर्न्दर्भमा, नेपाल प्रहरीको इतिहासमा सुडान घोटालाकाण्ड निक्कै चर्चित रहृयो । बजारी हल्लामा राजनीतिक नेतृत्वको संलग्नता रहेको भनिए पनि नेपाल प्रहरीका तत्कालीन संगठन प्रमुख, सम्बन्धित ठेकेदारलगायतलाई अदालतले भ्रष्टाचार अभियोगमा दोषी ठहर गर्दै दण्डित गरेको छ । राजनीतिक नेतृत्व तहसम्म यो मुद्दाले छुन सकेन, नेपाल संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र भएको नाताले राष्ट्र संघको अनुरोधमा विश्वका बिभिन्न संकटग्रस्त मुलुकमा शान्ति सुरक्षा कायम गर्नको निम्ति विभिन्न मुलुकबाट सुरक्षाकर्मीहरू खट्ने गर्दछन् । यही सिलसिलामा मिसनमा रहँदा आवश्यक पर्ने बन्दोबस्तीका सामान खरिद गर्न कार्यमा करिब ३० करोड रूपैयाँ बराबर भ्रष्टाचार भएको थियो । सत्य सेवाको मूल मन्त्रलाई आत्मसात गरेर देश र जनताप्रति सदैब बफादार रहने सपथ खाएका बाट यस्तो घृणित कार्य हुन जानुमा राजनीतिक अस्थिरताको पराकाष्ठा हो । र्सार्वजनिक पदको उन्मादमा पदीय दुरूपयोग गरी शक्ति केन्द्रलाई प्रभावमा पारेर अकुत सम्पति आर्जन गर्ने लालसाले निम्त्याएको बिकृतिको जतिनै निन्दा, भर्त्सना गरे पनि कम हुन्छ । वर्तमान कानुनअनुसार र्सार्वजनिक पद धारण गरी पदको दुरूपयोग गर्नेहरूलाई भ्रष्टाचारसम्बन्धी दण्ड, सजाय कम भएको भन्ने व्यापक जनगुनासो यथावत् छ । यदि विद्यमान दण्ड सजायको हद कम भएको हो भने भ्रष्टाचारसम्बन्धी दण्ड, सजायलाई कडा रूपमा कानुनमा व्यवस्था गर्न सके धेरै हदसम्म भ्रष्टाचार कम हुन सक्दछ । निबर्तमान सूचना तथा संचार मन्त्रीको बिरुद्ध भ्रष्टाचारसम्बन्धी दायर भएको मुद्दामा आठ बर्ष११ महिना चार दिनपछि सर्वोच्च अदालतले दोषी ठहर गर्दै तत्कालीन समयमा सफाई दिने बिशेष अदालतका अध्यक्षसहित सफाई दिने सदस्यहरूलाई समेत कारबाहीको आदेश भएको थियो । नेपालको इतिहासमा बहालवाला मन्त्रीलाई भ्रष्टाचार गरेको ठहर गर्दै दण्ड सजाय तोकेको पहिलो पटक थियो । सम्बन्धित मुद्दाको तल्लो अदालतबाट सफाइदिने न्यायमर्ूर्तिलाई समेत कारबाही गर्ने भन्ने आदेशको घटना सायद पहिलो पटक थियो । मुलुकमा लामो समय राजनीतिक, र्सार्वजनिक जीवन व्यतित गरेकामध्येका पात्रहरू भ्रष्टाचारमा संलग्न भएर व्यक्तिगत स्वार्थपर्ूर्तितर्फउन्मुख हुँदाको परिणाम क्रमशः देखिँदैछ । पर्ूवप्रधानमन्त्री डाक्टर बाबुराम भट्टर्राई नेतृत्वको सरकारले अवलम्बन गरेको भ्रष्टाचार शून्य सहनशीलता नीतिले र्सार्थकता पाउन लागेको थियो वा संयोग मात्र थियो अदालती सक्रियता – भ्रष्टाचार बढ्नुमा राजनीतिक अस्थिरता र मुख्य राजनीतिक दलहरू नै हुन् ठूलो दल भएको दम्भ गर्नेहरूले सम्पर्ूण्ा बिकृतिको जिम्मा लिन पनि सक्नु पर्दछ होइन भने ठूलो दल के उद्देश्यका निम्ति – यो सम्पर्ूण्ा बिकृतिको बिरुद्ध ठूला दलको भूमिका के रहृयो – मुलुकको कुनै पनि निकाय भ्रष्टाचारबाट अछुतो नरहने देखिन्छ । यस्तो अवस्थामा ठूला दलहरूको भूमिका के – मुलुकमा सुशासन स्थापित हुनका निम्ति जोकोहीले हत्कडी लाग्न सक्ने अवस्था आएमा अथवा दोषी ठहर हुने अवस्था आएमा सजायको भागीदर बन्ने जबसम्म प्रण गर्दैनन् । तबसम्म भ्रष्टाचारको जरो रहिरहन्छ कदापि भ्रष्टाचार उन्मुलन हुन सक्दैन । लामो समयसम्म संबैधानिक निकायमा पदाधिकारी नियुक्ति नगरेर राज्यका अङ्गलाई पंगु बनाउने खेलमा ठूला दलहरू नै सरिक थिए । सबैलाई भागबण्डा चाहिने होडले लामो समय संबैधानिक निकाय रिक्त रहन पुग्यो । जसले राज्यको दैनिक कामकाजलगायत संचालन नियन्त्रण आदिमा समेत प्रत्यक्ष असर पुग्यो । ढिलै भए पनि विवादका बीच भ्रष्टाचार निवारण गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त नियुक्ति भएको छ प्रमुख आयुक्तको ठूलो चुनौती भनेको हालसम्म भए गरेको भ्रष्टाचारलाई एक-एक गरी केलाएर भ्रष्टाचार गर्न जोकोहीलाई बिना पर्ूवाग्रह दण्डित गर्नु रहेको छ । राजनीतिक संक्रमणकालको फाइदा उठाएर मौलाएको भ्रष्टाचार निवारण गर्न सके विवादका बीच नियुक्ति हुनु भएका प्रमुख आयुक्तको साख इतिहासमा उचो भएर रहनेछ । अवसर र चुनौतिका बीच गर्नुपर्ने काम धेरै बाँकी छन् सुरुवाती कामको मूल्यांकन गर्नु पर्दा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफ्नो गतिलाई अगाडि बढाएको स्पष्ट देखिन्छ । अब यो गतिलाई कुनै पनि मूल्य र मान्यतामा घटबढ हुन दिन हुन्न, जस्तोसुकै बाधा ब्यबधान आई परे पनि आफ्नो गतिलाई निरन्तरता दिनुमै सबैको भलाई छ । अन्त्यमा, तत्कालीन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टर्राईको कार्यकालमा हरेक बर्षफाल्गुन ७ गते मनाउँदै आएको प्रजातन्त्र दिवस स्थगित गर्ने आदेशको र्सवत्र आलोचना भएपछि सरकारको तर्फाट तत्कालीन गृहमन्त्री विजयकुमार गच्छदारले संसद्मा माफीसमेत माग्नु परेको थियो । यो सरकारको भुल थियो भनेर, तत्कालीन सरकारले जानीजानी गल्ती गरेर इतिहासलाई क्रमशः मेट्ने मेसोमा लागेको हो कि भन्ने चिन्ता र्सवत्र प्रकट भएको थियो । तत्कालीन गृहमन्त्री बिजयकुमार गच्छदारले ७५ जिल्ला प्रशासन कार्यालयलाई प्रचलित नियम कानुन बिपरित जन्मको आधारमा नागरिकता दिनु भन्ने परिपत्र गरेको बिरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनको सुनुवाई गर्दै परिपत्रअनुसार लागू नगर्ने भन्ने सर्वोच्चको आदेशपश्चात् लागू हुन सकेको थिएन । अदालतको आदेशपश्चात तत्कालीन गृह मन्त्रीले आफूलाई त्यो कानुन बिपरित थाहा हुँदाहुँदै पनि दबाबलाई थेग्न नसकेर नियम बिपरित परिपत्र गर्न बाध्य हुनु परेको खुलासा भएको थियो । हाम्रो र्सार्वभौमिक स्वतन्त्रता, राष्ट्रियता कुन पदचापमा हिँड्दै छ – र्सार्वजनिक पदमा रहँदा आफूबाट हुन गएका राम्रा नराम्रा कामको भविष्यमा कस्तो नजिर बन्छ भन्नेतर्फख्याल गरेको पाइन्न । इतिहास भनेको राम्रा नराम्रा दुवै बिषयले स्थान सुरक्षित गर्ने हुँदा भाबी सन्ततीको निम्ति कस्तो इतिहास छाडेर जाने हो – आफूलाई कुन कित्तामा राखेर इतिहासको मार्गचित्रलाई स्पष्ट बनाउने हो – तिनै कारिन्दाको विवेकमा भर पर्दछ सबैमा चेतना हुन आवश्यक छ । इतिहासप्रति अलिकति मात्र खेलवाड गर्ने प्रयास गरेमा जीवन पर्याप्त अभिशापको पात्र बनेर रहनु पर्नेतर्फसमयमै ध्यान जाओस् ।

प्रतिक्रियाहरु