‘दमन’ आक्रोश र बिस्फोटको कारक – हरि पन्थी

२०७० श्रावण १६ गते, बुधबार

नेपालका सासक ,प्रशासक, सेना र प्रहरीका अधिकारीहरु कहिल्यॆ देशमा शान्ती चाहन्नन् , देशलाई शान्तीपुर्ण , सबैले अधिकार महसुस गर्ने र मानवता सहितको कानुनी सासनको उनिहरु कहिलै कल्पना सम्म गर्दैनन् । उनिहरु सधै सासकहरुको राजनितीक स्वार्थको मतियार बनेर देशमा हिंसा भड्काउने , अशान्ती मच्चाउने र शान्ति सुरक्षाको नाममा राजनितीक जनता र निरिह सिपाहीहरुको रगतको ब्यापार गरेर हतियारको किनबेच गर्ने त्यसैको कमिसनका लागी देश र जनता लुट्ने भुट्ने र आफ्नो भुडी भर्ने ब्ल्याकमनीलाई ह्वाईट गर्न सन्तानहरुलाई बिदेशमा पठाउने र रिटायर्ड भए पछी उतै पलायन हुने मात्र तिनीहरुको अभिस्ट हो ।शान्ति सुरक्षा र कानुनका कुरा यथास्थितीमा स्वेत अपराधको तयारी मात्र हो |
थोरै पनि लोकतान्त्रिक देशको भावनालाई बुझेर राजनितीक मुद्दामा दमन र हस्तक्षेपको ग्यारेण्टी नलिने कानुनी रुपमै राजनितीमा पार्टीहरु र तिनका राजनितीक कार्यकर्ताहरु माथी हामी धरपकड गर्न , दमन गर्न र अनाबस्यक राजनितीक दुस्मनी लिन सक्दैनौँ तिम्रो राजनितीक बिमती मिलाएर आउ नभए हामी केही गर्न सक्दैनौँ भनेर सासकहरुलाई जवाफ मात्रै फर्काउन सके देशमा दीर्घकालीन शान्ती स्थापना हुने थियो सेना पुलीस को बन्दुक देखाएर बिरोधी राजनितीक मुद्दा दवाउने सासकीय अपराध पनि अन्त्य हुने थियो शान्ती हुने थियो देशमा |तर दमनले आक्रोश र प्रतिरोध अनि बिस्फोट मात्र गराउछ तर कुरो कसले बुझ्ने ??

प्रतिक्रियाहरु