चन्दा आतंक मच्याउने वाइसिएल कार्यकर्ता पक्राउ

२०७० श्रावण १६ गते, बुधबार

चितवन, साउन १६ – चितवन प्रहरीले नारायणगढको लिलाचोकबाट जबरजस्ती चन्दा संकलन गर्दै गरेका एकीकृत नेकपा माओवादीको वाइसिएलका ६ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।मंगलबार साँझ चन्दा संकलनका लागि गएका उनीहरुले जबरजस्ति गरेपछि व्यवसायीले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले वाइसिएल चितवन क्षेत्र नम्बर ३ का इन्चार्ज उत्तम गुरुङसहित भरत मगर, मनोजकुमार शेर्पा, रवि पराजुली, विशाल मरहट्ठा र मधुर न्यौपानेलाई नियन्त्रणमा लिएको छ ।यसैबीच आफ्ना कार्यकर्ता नियन्त्रणमा लिएको भन्दै वाइसिएलका कार्यकर्ताले वडा प्रहरी कार्यालय नारायणगढमा आक्रमण गरेका छन् ।सय जना भन्दा बढिको संख्यामा पुगेका युवाहरुले आक्रमण गर्दा दुई प्रहरी घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुले जिल्ला प्रहरी कार्यालय अगाडी समेत केही बेर प्रदर्शन गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु