राष्ट्रियताको सवाल – राजेन्द्र चिमौरिया

२०७० श्रावण १४ गते, सोमबार

देश संक्रमणकालबाट गुज्रिरहेको छ । देशका प्रमुख राजनीतिक दलहरु आफ्नै दलगत र व्यक्तिगत स्वार्थपूर्तिमा लालायित देखिन्छन् । राष्ट्र, राष्ट्रियता र लोकतन्त्रप्रति प्रमुख राजनीतिक दलहरुको कुनै चिन्ता र चासो देखिँदैन । उनीहरु क्षणिक लाभको लागि राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई विर्सिएर पद, प्रतिष्ठा र अर्थलाभको पिछलग्गु भएका छन् । देशको यस दयनीय अवस्थामा देश र जनताप्रति उत्तरदायित्व बन्दै राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको पक्षमा नेकपा-माओवादीले आन्दोलनको उद्घोष गरेको छ । माओवादीमा राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको शंखघोषलाई सबैले साथ र सहयोग दिनुपर्दछ । यो हरेक नेपालीको आफ्नो मातृभूम्रि्रतिको दायित्व पनि हो । आफ्नो राष्ट्र, राष्ट्रियता र स्वाधिनताको लागि कुनै दल विशेष र विचार विशेषको पर्खालले पक्कै छेक्न सक्दैन । त्यसैले नेकपा-माओवादीले कुनै राजनीतिक दल विशेष, विचार र पथ विशेषलाई नभइ एक स्वाभिमानी नेपालीको हिसाबले जसरी सबैलाई राष्ट्रियताको सवालमा एक जुट भइ सहकार्य गर्न अपिल गरेको छ । यो साह्रै सह्रानीय पक्ष हो । देश जनता र लोकतन्त्रको निम्ति नेपालको वर्तमान संकटपुण अवस्थाबाट पार पाउन योभन्दा अर्को कुनै विकल्प छैन । तर्सथ नेकपा-माओवादीले राष्ट्रियताको सवलामा उद्घोष गरेको यस आन्दोलनमा कुनै राजनीतिक विचार विशेष, दल विशेष, वर्ग र क्षेत्र विशेषले नभइ एक स्वाभिमानी नेपालीको हिसाबले आमनागरिकले साथ र सहयोग पुर्याउनु पर्छ । नेपाली रहे हामी नेपालकिो अस्तित्व रहने हो, तर्सथ सबभन्दा पहिलो आफ्नो राष्ट्र राष्ट्रियता र लोकतन्त्र जोगाउन सबै एक होऔं । आजको आवश्यकता समयको माग र जनचाहना पनि यही हो ।

प्रतिक्रियाहरु