स्वागतयोग्य निर्णय – राजेन्द्र चिमौरिया

२०७० असार २६ गते, बुधबार

नेकपा-माओवादीको यही असार १५ देखि चार दिनसम्म पोखरामा बसेको केन्द्रीय समितिको बैठकले आगामी मंसिर ४ गते गर्ने भनिएको कथित संविधानसभाको पुनर्निर्वाचनको सशक्त र सक्रिय बहिष्कार गर्ने निर्णय गरेको छ । विगतमा संविधानसभाबाट संविधान निर्माण नगरी संविधानसभाको गला रेट्ने चार दल र प्रतिगमनबाट बनको सरकारले गराउने नौटंकी निर्वाचनको विषयमा माओवादी बैठकले सही र ठोस निर्ण गरेको छ । दस वर्षो जनयुद्ध, १९ दिने जनआन्दोलन र लोकतन्त्रको खिल्ली उडाउन चार दल र त्यसको खेतालो वर्तमान सरकारले जनताको संविधान निर्माण र हकअधिकारको लागि यो निर्वाचन रोजेका पक्कै होइनन् । उनीहरू आफ्नो दलीय र व्यक्तिगत स्वार्थ पूर्तिका निम्ति संविधानसभाको निर्वाचनको ढोंग रचिरहेका छन् । जनतालाई जनताको संविधान नदिने र लोकतन्त्रको जग भत्काउन उनीहरूले यस निर्वाचनको नौटंकी रचिरहेका छन् । यो आमनेपाली जनताले महसुस गरिरहेको विषय हो । र यस्तो नौटंकीलाई रोक्न देशको परिवर्तनको बाहक शक्ति माओवादीबाहेक अरुले सक्ने विषय पनि होइन । त्यसैले माओवादीको सम्पन्न पूण् बैठकले आमस्वाभिमानी नेपाली जनता देशभक्त र राष्ट्रवादीहरूको आवाजलाई सम्बोधन गरेको छ । आममाओवादीले आफ्नो पूर्ण बैठकको निर्णयलाइ निर्णयमा मात्र सीमित नराखेर कार्यान्वयनको दिशातिर लाग्नुपर्छ । आमस्वाभिमानी जनता माओवादीको यस निर्ण्ररति लामबद्ध हुन लालायित छन् । देश, जनता र राष्ट्रिय स्वाधीनतालाई केन्द्रमा राखेर माओवादीको पूण् बैठकले गरेका निर्णयहरु आफैँमा अद्वितीय छन् । त्यसलाई तत्काल कार्यान्वयनमा लैजानुपर्छ । आजको आवश्यकता, समयको माग र आमस्वाभिमानी जनताको चाहना पनि यही छ ।

प्रतिक्रियाहरु