सहकारी धमाधम खारेज गरिदै

२०७० जेष्ठ २७ गते, सोमबार

चितवन, जेठ २७ – लामो समयदेखि निष्क्रिय रहेका चितवनका ४१ वटा सहकारी खारेज भएका छन् ।६ वटा दुग्ध उत्पादक, ५ वटा कृषि, ५ वटा मौरीपालन, ३ वटा तरकारी तथा फलफूल उत्पादक, एउटा पशुपालन सहकारी खारेजीमा परेका भरतपुरको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयले जनाएको छ । यस्तै ११ वटा बहुउद्देश्यीय र ९ वटा बचत तथा ऋण र एउटा उपभोक्ता सहकारी पनि खारेज भएका छन् ।नियम बमोजिम बुझाउनुपर्ने विवरण नबुझाएका सहकारीलाई खारेज गरिएको कार्यालयका प्रशिक्षक श्रीकृष्ण नेपालले जानकारी दिनुभयो ।
कार्यालयले वैशाख १८ गते सहकारी ऐन २०४८ को दफा ४१ बमोजिम खारेज गर्नु नपर्ने कारण सहित बिवरण बुझाउन ३५ दिने सूचना जारी गरेको थियो । कार्यालयले २ वर्षदेखि निष्क्रिय रहेका समेत गरी ५१ वटा सहकारीलाई लक्षित गरी सूचना निकालेको थियो ।
केही सहकारी सम्पर्कमा आएपनि ४१ वटा सहकारी सम्पर्कमा नआएकाले आइतबार खारेजीको निर्णय गरेको नेपालले जानकारी दिनुभयो ।कार्यालयले खारेज गरिएका सहकारीको सूचि सार्बजनिक गर्दै ती सहकारीसंग कारोबार नगर्न सबैलाई आग्रह गरेको छ ।
चितवनमा हालसम्म कुल ६ सय ७९ सहकारी दर्ता भएका छन् । जसमध्ये एउटा जिल्ला सहकारी संघ, ७ वटा विषयगत सहकारी र बाँकी ६७१ प्रारम्भिक सहकारी स‌स्था हुन् ।वार्षिक कारोवारको प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, सञ्चालकको नाम तथा बाँकी कार्यवधिको सूचि, वर्षेनी साधारणसभा गर्नुपर्ने र समय समयमा रजिष्टारले तोकेको विवरण पेश नगरे सहकारी खारेज गर्न सकिने ब्यवस्था रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार