गौमूखिको सेयर यहि २९ गतेबाट

२०७० जेष्ठ १६ गते, बिहीबार

काठमाडौं , गौमूखि विकास बैंक लिमिटेडले जेठ २९ गतेबाट साधारण सेयर निस्कासन गर्ने भएको छ । प्युठानको गौमूखि विकास बैंकले १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता साधारण सेयर निस्कासन गर्न लागेको हो । बैंकले निस्कासन गर्न लागेको कुल सेयरमध्ये २ हजार ४ सय कित्ता कर्मचारी र ६ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ । एक सय रुपैयाँ अंकित दरका सेयर लिनका लागि न्यूनतम ५० कित्ताका लागि आवेदन दिनु पर्छ । वढीमा ५ हजार कित्तासम्म आवेदन दिन सकिन्छ । बैंकको प्रति सेयर नेटवर्थ ८२।४७ रुपैयाँ छ । बैंकको प्रति सेयर आम्दानी ९।२७ रुपैयाँ छ । आगामी सोमबारबाट मेगा बैंकले सेयर निस्कासन गर्दै छ । गौमूखिपछि नमस्ते वित्तीय संस्थाले सेयर निस्कासन गर्ने तयारी गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार