अचम्मको लठ्ठी

२०६९ चैत्र ३ गते, शनिबार


काठमाडौँ । जापानी कम्पनी फूजित्सुले नेक्स्ट जेनेरेसन केन नाम दिएर एउटा यस्तो अत्याधुनिक लठ्ठीको निर्माण गरेको छ जसले वृद्धवृद्धालाई बाटो देखाउने काम गर्नुका साथै उनीहरुको स्वास्थ्यको अवस्थाका बारेमा पनि जानकारी दिनेछ । उक्त आधुनिक लठ्ठीमा जिपिएस प्रविधि जडान गरिएको छ । यसले बुढाबुढीलाई बाटो पहिल्याउन सहयोग गर्ने मात्र होइन उनीहरुले शरीरको तापक्रम र मुटुको गतिका बारेमा पनि जानकारी दिनेछ । यदि घरको कोही सदस्य यो लठ्ठी टेकेर बाहिर गएको छ भने उसको अवस्थाका बारेमा घरमै बसेर पनि अनलाइनमार्फ् जानकारी पाउन सकिन्छ । यदि लठ्ठी टेक्ने लड्यो भने तुरुन्त इमेल अलर्ट आउँछ र घरमै त्यसको तत्काल जानकारी पाउन सकिन्छ । जापानमा बुढाबुढीको संख्या बढिरहेको हुँदा सोही कुरालाई दृष्टिगत गरी आविस्कार गरिएको आधुनिक लठ्ठी निकै उपयोगी हुने विश्वास गरिएको छ । बार्सिलोनामा आयोजित मोबाइल कंग्रेसमा र्सार्वजनिक गरिएको यो आधुनिक लठ्ठीमा जिपिएसका साथै थ्रिजी र वाइफाइ सेवा पनि उपलब्ध छ । हातले समाउने ठाउँमा एलइडी मोनिटर छ । जसमा विभिन्न गतिविधिहरुको जानकारी देखिन्छ । यदि घुमाउरो बाटो आयो वा हिँड्नेले दिशा परिवर्तन गर्नुपर्यो भने लठ्ठीमा कम्पन हुन्छ र कता जानुपर्ने हो उतै जानर्ुपर्ने एरो मोनिटरमा देखापर्छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु