यी हुन् विश्वका प्रमुख संशोधनवादी गद्दारहरू – हस्तबहादुर के.सी

२०७० मंसिर २२ गते, शनिबार

मार्क्सवादको उदयले विश्व मानव समाजमा ठुलो क्रान्ति ल्यायो र हलचल नै पैदा गरिदियो तर मार्क्सवादको जन्मसँगै यसको विरोधी धारा दक्षिणपन्थी संशोधनवादको पनि जन्म र विकास भयो, मार्क्सवादको जुन लेनिनवाद र माओवादमा विकास हुन पुग्यो । त्यसैगरी संशोधनवादले पनि शास्त्रीय संशोधनवाद, आधुनिक संशोधनवाद र प्रतिक्रियावादमा गुणात्मक रूपमा विकास गर्न पुग्यो । संशोधनवादको स्रोत साम्राज्यवाद, पुँजीवाद र निम्न पुँजीवाद हो, यसलाई लेनिनले अन्तर्रााट्रय परिघटनाको रूपमा संंश्लेषण गर्नुभएको छ । यस लेखमा पहिले मार्क्सवादी बनेर मार्क्सवादी धाराभित्र घुसेका र पछि संशोधनवादी बनेर मार्क्सवादका कट्टर हिमायती मात्र होइन, प्रतिक्रियावादमा पतन भइसकेका प्रुंधोदेखि लिएर ल्युशाओ ची, देङ शाओपिङसम्मका संशोधनवादी गद्दारहरूको बारेमा सामान्य जानकारी गराउने प्रयत्न गरिएको छ-
पिचेर जोसे प्रुधों -सन् १८०९-१८६५)
प्रुधोँ विख्यात पान्सीसी पत्रकार, अर्थाशास्त्री र एवम् समाजशास्त्री थिए । सुरूमा प्रुधोँ मार्क्सवादका कट्टर र्समर्थक थिए । मार्क्स र एङ्गेल्सको पहलकदमीमा सन् १८६४ मा प्रथम अन्तर्रााट्रयको गठन भएको थियो । प्रुधोँ त्यसको अध्यक्षमा चुनिएका थिए । पछि प्रुधोँ समाजवादी नभएर एक अराजकतावादीका संस्थापक तथा मार्क्सवादका प्रमुख आलोचक बने । मार्क्सवादलाई अराजकता फैलाउने पहिलो व्यक्ति प्रुधोँ नै थिए । उनी साम्यवादी सिद्धान्तका कट्टर विरोधी र यसलाई उनले कमजोरीको शोषण मानेका थिए । उनले साम्यवादलाई काल्पनिक मानेका छन् । प्रुधोँले मार्क्सवादलाई “गरिबको दर्शन” भनेका छन् भने मार्क्सले प्रुधोँको दर्शनलाई “दर्शनको दर्रि्रता” भन्नुभएको छ । प्रुधोँ राज्यशक्तिका विरोधी र स्वतन्त्रताका प्रबल र्समर्थक रहेका छन् । अन्तिममा प्रुधोँ प्रतिक्रियावादमा पतन हुन पुगेका छन् ।
लुइ ओग्युस्टिन ब्लाङ्की -सन् १८०५-१८८१)
ब्लाङ्की प|mान्सीसी युरोपियाई समाजवादी तथा असाधारण क्रान्तिकारी थिए र उनले प|mान्सको सन् १८३० र १८४८ को क्रान्तिमा भाग लिएका थिए । उनलाई दर्ुइचोटि मृत्युदण्डको सजाय सुनाइएको थियो । उनको आधा जीवन जेलमा नै बितेको थियो । उनले षड्यन्त्रको राजनीतिलाई आफ्नो विचार बनाएका थिए । उनले पुँजीवादको विरोध र सामाजिक क्रान्तिको र्समर्थन गरेका थिए । षड्यन्त्रको उनको कार्यनीति गलत भएकाले ब्लाङ्कीपन्थीहरूले असफलता भोग्नुपरेको थियो । क्रान्तिकारी पार्टीीे नेतृत्वमा श्रमिकवर्गले भाग लिएर मात्र क्रान्ति सफल हुन्छ भन्ने उनले ध्यान नदिई षड्यन्त्रकारीलाई मात्र कार्यनीति बनाएको हुँदा उनका विचारमा त्रुटिरहेको पाइन्छ ।
ब्लाङ्कीवाद यो उग्रवामपन्थी अराजकतावादी प्रवृत्ति हो । यो मार्क्सवाद विरोधी विचारधारा हो । ब्लाङ्कीको प्रभाव प्रथम अन्तर्रााट्रय र पेरिस कम्युनमा पनि परेको थियो । पेरिस कम्युनमा त उनको बहुमत थियो । मार्क्सले उनको क्रान्तिकारी स्पिरिटको उच्च मूल्याङ्कन गर्दै उनको वैचारिक खण्डन गरेका थिए । ब्लाङ्कीवादले र्सवहारावर्गको क्रान्तिकारी पार्टी निर्माणमा जोड दिनुको साटो मुट्ठीभर व्यक्तिहरूको भूमिकामा जोड दिन्थ्यो । यसले जनतामाथि भर पर्ने र जनतालाई गोलबन्द गर्नुपर्ने र र्सवहारा अधिनायकत्व अर्न्तर्गत निरन्तर रूपमा क्रान्ति चलाउने वर्गसङ्र्घष्ाको महत्त्वलाई अस्वीकार गर्दैथ्यो । यसले र्सवहारा अधिनायकत्व, वर्गहीन, राज्यविहीन स्थितिको विरोध गर्दथ्यो । ब्लाङ्कीवादलाई अनुशरण गरेकै महान् पेरिस कम्युन असफलता व्यहोर्नुपरेको तर्क पनि गरिएको पाइन्छ ।
मिखाइल अलेक्सान्द्रोविच बाकुनिन -सन् १८१४-१८७६)
बाकुनिन रुसी क्रान्तिकारी र अराजकतावादका एक सिद्धान्तकार थिए । उनले सन् १८४८-१८४९ मा जर्मनीको क्रान्तिमा सक्रिय भाग लिएका थिए । युरोपमा उनले अराजकतावादी आन्दोलन सङ्गठित गरेका थिए । बाकुनिनको दर्शनको मुख्य आधारमा राज्य नै मानिसको उत्पीडनको मुख्य तत्व हो भन्ने रहेको छ । उनी प्रथम अन्तर्रर्ााट्रयको सदस्य बन्न सफल भएका थिए । उनले मार्क्स र एङ्गेल्सको घनघोर विरोध मात्र गरेनन् कि अन्तर्रर्ााट्रय मजदुर आन्दोलनको नेतृत्व हत्याउने प्रयत्न समेत गरेका थिए । सन् १८७२ मा प्रथम अन्तर्रर्ााट्रयबाट बाकुनिनलाई कारबाही गरेर निकाला गरिएको थियो ।
फर्डिनान्ड लासाल
फर्डिनान्ड लासाल जर्मन मजदुर सङ्घका संस्थापक अध्यक्ष थिए । लासाल जर्मन मजदुर आन्दोलनका नेता, अराजकतावादको विशेष रूप र लासालवादका संस्थापक थिए अर्थात् मार्क्सवाद विरोधी अवसरवादी धाराका लासाल प्रमुख व्यक्ति थिए । उनले राज्यलाई वर्गभन्दा माथिको सङ्गठन मान्दथे । उनको आफ्नो अवसरवादी धार र प्रक्रिया राजतन्त्रसँग सम्झौतावादी थियो । लासालको विचारलाई लासालवाद भनिन्छ । अध्यक्ष लासालले त्यसबेलाको मजदुर आन्दोलनमा एक छुट्टै कार्यक्रम पेस गरेका थिए । वास्तवमा लासालको कार्यक्रम अर्थात् लासालवाद एक सुधारवादी कार्यक्रम थियो । मार्क्स र एङ्गेल्सले यस कार्यक्रमलाई मजदुर आन्दोलनको एक अवसरवादी भनी आलोचना गर्नुभएको थियो ।
एर्डवर्ड बर्नस्टिन -सन् १८५०-१९३२)
एर्डवर्ड बर्नस्टिन जर्मनका सामाजिक जनवादी क्रान्तिकारी मजदुर आन्दोलनका संशोधनवादी प्रवक्ता हुन । सन् १८८९ मा एङ्गेल्सको नेतृत्वमा दोस्रो इन्टरनेसनलको स्थापना गरिएको थियो । सन् १८९५ मा एङ्गेल्सको मृत्यु भयो । सन् १८९६-१८९८ मा बर्नस्टिनले समाजवादको समस्या भन्ने लेख शृङ्खला प्रकाशित गरेका थिए । ती लेखहरूमा उनले दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र तथा वैज्ञानिक समाजका सिद्धान्तका क्षेत्रमा मार्क्सवादको आधारभूत प्रस्तावनाको आलोचना गरेका थिए । प|mेडरिक एङ्गेल्सको मृत्यु पश्चात् सन् १८९६ मा दोस्रो इन्टरनेसनलभित्र मार्क्सवादका विरुद्ध पहिलो पटक संशोधनवादको प्रस्ताव पेस गर्ने पहिलो व्यक्ति एर्डवर्ग बर्नस्टिन हुन् । उनले द्वन्द्वात्मक भौतिकवाद, वैज्ञानिक समाजवाद र र्सवहारावर्गको अधिनायकत्वलाई अस्वीकार गरी वर्गसङ्र्घष्ालाई समाप्त पार्दै लैजाने सिद्धान्त प्रतिपादन गरेका थिए । उनले क्रान्तिकारी सिद्धान्तलाई अस्वीकार गरी विकासवादको सिद्धान्त अनुसार स्वयम् वर्गसङ्र्घष् समाप्त हुँदै जाने र मजदुरले क्रान्तिबाट पुँजीवादलाई समाप्त गरी र्सवहाराको नेतृत्वमा समाजवादको स्थापनालाई अस्वीकार गरेकाले उनको सिद्धान्तलाई संशोधनवाद भनिन्छ । दार्शनिक क्षेत्रमा प्लेखानोवले बर्नस्टिनको संशोनवादको व्यापक खण्डन गरेका थिए । यसैबाट नै क्रान्तिकारी मार्क्सवाद र क्रान्तिको सिद्धान्त अगाडि बढेको हो । लेनिनले रुसमा बर्नस्टिनको संशोधनवाद र अर्थवादी तथा मेन्सेविक अन्तर्रर्ााट्रय आन्दोलनको व्यापक आलोचना गरी क्रान्तिकारी मार्क्सवादी सिद्धान्तको रक्षा र विकास गर्नेक्रममा लेनिनवादको प्रतिपादन गरेर मार्क्सवादको ज्ञानको भण्डारमा थप योगदान पुर्याउनुभएको थियो र, अन्तर्रााट्रय कम्युनिस्ट आन्दोलनलाई समृद्धशाली तुल्याउनुभएको थियो ।
मार्तेभ
मार्तेभ रुसका एक क्रान्तिकारी नेता थिए । सन् १९०३ मा लेनिन र मार्ताेभको बीचमा पार्टीीवधान, पार्टीीनर्माण र परिचालनको विषयमा व्यापक विवाद भएको थियो । लेनिनले कम्युनिस्ट पार्टीीे सदस्यले निश्चित लेवी तिर्नुपर्दछ भन्ने प्रस्ताव गर्नुभएको थियो । मार्ताेभले यसको सोझै विरोध गरेका थिए । पार्टीीसङ्गठन र पार्टीीदस्यहरूको अधिकारहरूका बारेमा लेनिनले अघि र्सार्नुभएका मार्क्सवादी मान्यतालाई मार्ताेभपन्थीहरूले अस्वीकार गरेका थिए । लेनिनले पार्टीङ्गठन, र्सवहारावर्गको नेतृत्व र र्सवहारावर्गको अधिनायकत्वबारे कडाइका साथ अघि र्सार्नुभएको थियो तर मार्तेभपन्थीहरूले लेनिनले अघि सार्नुभएका सबै मार्क्सवादी मान्यतालाई अस्वीकार गरेका थिए । लेनिन र मार्तेभका बीच भीषण दुइलाइन सङ्र्घष् सञ्चालन भयो । त्यही मतभेदको कारण पार्टी विभाजन आयो । बोल्सेभिक र मेन्सेभिकको जन्म भयो । लेनिनको नेतृत्वमा बोल्सेभिक पार्टर्ीीनर्माण र परिचालन भयो भने अल्पमत परेका मार्तेभहरूले मेन्सेभिक पार्टी लाए । लेनिनको नेतृत्वमा सन् १९१७ मा महान्् रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भयो । यस दुइलाइन सङ्र्घष्ाको उत्कर्षँगै लेनिनले लेनिनवादको प्रतिपादन गर्नुभयो ।

कार्ल काउत्स्की -सन् १८५४-१९३८)
कार्ल काउत्स्की जर्मन सामाजिक जनवादीको तर्फाट दोस्रो इन्टरनेसनलका नेता बनेका थिए । सुरूमा उनी अराजकतावादी र प्रत्यक्षवादीहरूको प्रभावमा परेका थिए । दोस्रो इन्टरनेसनलको गठन-सन् १८८९) हुने क्रममै प|mेडरिक एङ्गेल्ससँग उनको मतभेद भइसकेको थियो । र्सवहारावर्गको अधिनायकत्वको आलोचना गर्दै संसदवर्ग स्वार्थदेखि मुक्त हुनर्ुपर्छ भन्ने चिन्तन अगाडि सारेका थिए । संसदीय जनवादको पक्षधर भएर र्सवहारावर्गको अधिनायकत्वको विरोध गरेका थिए । कार्ल काउत्स्की दोस्रो इन्टरनेसनलका नेता र मार्क्सवादी विरोधी थिए । सन् १९१८ मा लेनिनले र्सवहारा क्रान्ति र गद्दार काउत्स्की भन्ने पुस्तक रचना गरेका थिए ।

अलेक्सान्द्रा एत्येन मिलेरा“ -सन् १८५९-१९४३)
अलेक्सान्द्रा एत्येन मिलेराँ पान्सीसी राजनीतिज्ञ थिए । १९ औँ शताब्दीको अन्त्यतिर उनी समाजवादी पक्षधर बनेका थिए र फान्सीसी समाजवादी आन्दोलनमा उनले एक अवसरवादी धाराको प्रतिनिधित्व गरेका थिए । उनी मन्त्रिमण्डलवादका पक्षपाती थिए । उनी प्रतिक्रियावादी बर्जुवा सरकारमा सामेल भएका थिए । सन् १९०४ मा उनलाई समाजवाद पार्टीीट निकाला गरिएको थियो । सन् १९२० देखि १९२४ सम्म उनी प|mान्सीसी गणराज्यका राष्ट्रपति समेत बनेका थिए । मिलेराँ मन्त्रिमण्डलवादका प्रणेता हुन् । उनी संशोधनवादी गद्दारहरूका कोटामा पर्दछन् ।
निकिता ख्रुश्चोभ -सन् १८९४-१९७१)
सन् १९५३ मा स्टालिनको निधन भयो । त्यसपछि निकिता ख्रुश्चोभ सोभियत सङ्घका नेता/राष्ट्रपति बन्न पुगे । १९५६ मा सोभियत कम्युनिस्ट पार्टर्ीीबोल्सेभिक)को २० औँ महाधिवेसनका आयोजना गरियो । त्यस महाधिवेसनमा मध्यरातमा ख्रुश्चोभले एउटा गोप्य रिपोर्ट पेस गरे र स्टालिनलाई खुनी, जड्याहाँ, जुवाडे हत्यारो आदि शब्दले गालीगलौज गर्दै विविध लाञ्छना र आरोपहरू लगाए । त्यति मात्र होइन, ख्रुश्चोभले समाजवाद प्राप्तिको लागि शान्तिपर्ूण्ा सङ्क्रमणको बाटो र वर्ग समन्वयको बाटो अवलम्बन गर्न पुगे । उनले सम्पर्ूण्ा जनताको पार्टर्ीीसम्पर्ूण्ा जनताको राज्य र शान्तिपूण् सङ्क्रमणको सिद्धान्त अवलम्बन गर्दै तथा वर्गसङ्र्घष्ा, र्सवहारा अधिनायकत्व, सशस्त्र सङ्र्घष्ाको सिद्धान्तका विरुद्ध भीषण हमला बोलेर ख्रुश्चोभले आधुनिक संशोधनवादलाई सोभियत समाजवादमा घुसाएर मार्क्सवाद-लेनिनवादप्रति गद्दारी गर्न पुग्यो र प्रतिक्रान्तिकारी बाटो अवलम्बन गर्न पुग्यो । ख्रुश्चोभको यो कार्यले कम्युनिस्ट आन्दोलनमा संशोधनवादी धारा अगाडि बढ्यो र सोभियत सङ्घलाई पुँजीवादमा पतन गराइछाड्यो । त्यसको लगत्तै माओत्सेतुङ र चिनियाँ कम्युनिस्ट पार्टी ख्रुश्चोभी नवसंशोधनवादका विरुद्ध अन्तर्रााट्रय स्तरमा महान्् बहस चलायो । ख्रुश्चोभी नवसंशोधनवाद संसारका विभिन्न कम्युनिस्ट पार्टीीका हैजाका किटाणु झैँ गरी फैलियो । अहिले पनि ख्रुश्चोभी आधुनिक संशोधनवाद विश्वर्सवहारा क्रान्तिको वाधकको रूपमा खडा हुँदै आइरहेको छ ।

ल्यू शाओ ची -सन् १८९८-१९६९)
ल्यू शाओ ची चीनका राष्ट्रपति समेत भएका थिए । उनले १९५६ मा आयोजना गरिएको चिनियाँ कम्युनिस्ट पार्टीीे आठौँ महाधिवेसनमा समाजवादभित्र पुँजीवाद लागू गर्ने प्रस्ताव पेस गरेका थिए । माओत्सेतुङले समाजवादमा पनि वर्गसङ्र्घष्ा जारी राख्नुपर्दछ भन्ने विचार अघि र्सार्नुभएको थियो । माओले महान्् छलाङ भन्ने कार्यक्रम अघि र्सार्नुभएपछि ख्रुश्चोभका चेला ल्यू शाओ चीले तीन आधुनिकीकरण नीति अघि सारेपछि माओ र उनका बीचमा अन्तरविरोध सुरू भएको थियो । पार्टी आठौँ महाधिवेसनमा माओले समाजवादी बाटो अपनाउने, वर्गसङ्र्घष्ा पहिलो, उत्पादन सङ्र्घष् दोस्रो भन्ने प्रस्ताव अघि र्सार्नुभयो भने ल्यू शाओ चीले पुँजीवादी बाटो अपनाउने पहिलो उत्पादन सङ्र्घष् र आर्थिक क्रान्ति र दोस्रो वर्गसङ्र्घष् भन्ने ख्रुश्चोभी नीति अघि सारे । माओले भीषण दुइलाइन सङ्र्घष् सञ्चालन गर्नुभयो । ल्यू पुँजीवादपन्थी थिए । पार्टीीई बुजुवाकरण गरेका कारण १९६६ देखि १९७६ सम्म माओको नेतृत्वमा महान्् चिनियाँ र्सवहारा सांस्कृतिक क्रान्ति सञ्चालन गरियो । ल्यू शाओ चीलाई गद्दार घोषित गरी जेलमा हालियो र पार्टीीट समेत निकाला गरिएको थियो ।

देङ शियाओ पिङ्
देङ शियाओ पिङ दक्षिणपन्थी थिए । गद्दार ल्यू शाओ चीसँग देङलाई कारबाही गरी पार्टीीट बर्खास्त गरिएको थियो । दसौँ महाधिवेसनपछि देङ शियाओ पिङ जस्ता दक्षिणपन्थी गद्दारलाई कारबाही फुकुवा गरी पुनर्संरचना गरेर पार्टीगल्ती गरेको थियो । सन् १९७६ मा माओको निधन भयो । माओको मृत्युपछि देङ शियाओ पिङ शक्तिमा आए । माओको मृत्युभएको एक महिना नपुग्दै अक्टोबरमा चिनियाँ प्रतिक्रान्ति भयो । देङ शियाओ पिङले चार आधुनिकीकरणको सिद्धान्त अपनाइ चीनमा मिश्रति अर्थतन्त्र र खुला बजारी समाजवादको सिद्धान्त लागू गरेर चीनमा पुँजीवादको पुनर्स्थापना गरियो । चिनियाँ प्रतिक्रान्तिको प्रमुख नाइके र प्रयोगकर्ता गद्दार देङ शिओ पिङ थिए ।
यी माथिका उल्लेखित संशोधनवादी गद्दारहरू विश्व कम्युनिस्ट आन्दोलन र र्सवहारा क्रान्तिलाई ठुलो क्षति पुर्याए । यसले नेपाली कम्युनिस्ट आन्दोलन र नेपाली क्रान्तिलाई पनि गम्भीर क्षति पुर्याएको छ । २०१३ साल वैशाख ३ गतेदेखि मनमोहन अधिकारी र डा. केशरजङ्ग रायमाझीको माध्यमबाट नेपालमा ख्रुश्चोभ पनि नवसंशोधनवाद नेपाली कम्युनिस्ट आन्दोलनमा घुस्न सफल भएको हो । पहिलो चरणमा यसले २०२०/२०२२ सालतिर पार्टर्ीी’mटाउन सफल भयो । दोस्रोमा एक कालखण्डमा शक्तिशाली कम्युनिस्ट पार्टर्ीीन्न पुगेको एमालेलाई दक्षिणपन्थी संशोधनवादी भासमा डुबाउन सफल भयो । तेस्रो चरणमा अहिले वर्तमान नेपाली क्रान्तिको नेतृत्व गरिरहेको एकीकृत नेकपा माओवादीभित्र सुनामी बेगका साथ सवार भयो । समयमै यसलाई बाँदर लखेटाइ गरेर माओवादी पार्टर्ीीट लखेट्न सकिएन भने नेपाली क्रान्तिलाई ठुलो नोक्सान पुर्याउने प्रबल सम्भावना देखेपछि सो गरियो पनि ।
नेपालका संशोधनवादीहरूका सर्न्दर्भमा
नेपाल कम्युनिस्ट पार्टी स्थापना २००६ साल वैशाख १० -सन् १९४९ अप्रिल २२) गते पुष्पलाल श्रेष्ठको पहलकदमीमा भारतको कोलकत्तामा गरिएको थियो । नेपालको संस्थापक महासचिव पुष्पलाल हुनुहुन्छ । नेकपाले २००६ साल वैशाख १२ गते एउटा प्रचा प्रकाशित गरेको थियो । त्यसैबेला नै पार्टीी नेपाली समाजको वर्ग विश्लेषण गर्दै देश अर्धसामन्ती र अर्धऔपनेवेशिक रहेको ठहर गर्दै सामन्त, दलाल तथा नोकरशाही पुँजीपतिवर्ग नेपाली जनताको प्रधान सत्रु रहेको र साम्राज्यवाद तथा विस्तारवाद आधारभूत सत्रु रहेको किटान गरेको थियो र पार्टी न्यूनतम कार्यक्रम नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर जनताको जनवादी राज्य व्यवस्था स्थापना गर्नु रहेको थियो भने अधिकतम कार्यक्रम -लक्ष्य) समाजवाद हुँदै साम्यवादसम्म पुग्ने रहेको थियो । नेपाली कम्युनिस्ट आन्दोलनको शैशव कालमै दक्षिणपन्थी संशोधनवाद घुस्न सफल भएको थियो । त्यसैले आज आधुनिकवाद संशोधनवाद हुँदै नवसंशोधनवादमा विकास गरिरहेको छ र दक्षिणपन्थी नवसंशोधनवाद नेपाली क्रान्तिको लागि वाधकको रूपमा खडा हुन पुगेको छ ।
नेपाली कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्दै आएका मुख्य नेताहरूमा पुष्पलाल बाहेक अन्य सबै प्रमुख नेताहरू संशोधनवादी गद्दार बन्न पुगेका छन् । तिनीहरूको बारेमा यहाँ सामान्य चर्चा गर्न आवश्यक छ-

मनमोहन अधिकारी
२०१० सालमा नेकपाको प्रथम राष्ट्रिय महाअधिवेसन सम्पन्न गरियो उक्त महाधिवेसनमा दरबारीयाहरूले पार्टीीेतृत्व कब्जा गर्न सफल भए र दरबारीया मनमोहन अधिकारीलाई महासचिवमा निर्वाचित गरियो । त्यही महाधिवेसनबाटै क्रान्तिकारीहरूलाई पाखा लगाउने र नेतृत्व गर्ने तहबाट बञ्चित गर्ने षडयन्त्रपूण् क्रियाकलापको सुरूआत भयो । २००८ सालदेखि सरकारले नेकपालाई प्रतिबन्ध लगाउँदै आएको थियो । २०१३ साल वैशाख ३ गते तत्कालीन नेकपाका महासचिव मनमोहन अधिकारीले राजाको वैधानिकत्व स्वीकार्ने र शान्तिपूण् तरिकाबाट समाजवादी क्रान्ति सम्पन्न गर्ने र्सतमा ५ वर्षेखि पार्टीीथि लगाउँदै आएको प्रतिबन्ध हटाइपाऊँ भनेर सरकारलाई चिठी पठाए । २०१३ साल वैशाख ४ गते सरकारले पार्टीीथि लगाएको प्रतिबन्ध हटाइएको थियो । यसरी वर्गसङ्र्घष्ाको कार्यदिशा परित्याग गरेर वर्गसमन्वय, संशोधनवादी नीति विधिवत् रूपमा अङ्गालेर नेपाली कम्युनिस्ट आन्दोलनलाई दक्षिणपन्थी संशोधनवादको दलदलमा फसाउने पहिलो संशोधनवादी नेता मनमोहन अधिकारी हुन् । माले र मार्क्सवादीको एकता पश्चात २०४७ सालदेखि मनमोहन अधिकारी एमालेका अध्यक्ष बनेका थिए भने २०५१ सालको मध्यावधि आम निर्वाचनबाट एमालेको तर्फाट नेपालको प्रधानमन्त्रीमा समेत निर्वाचित भएका थिए ।

डा. केशरजङ्ग रायमाझी
डा. केशरजङ्ग रायमाझी दरबार परस्त नेता थिए । २०१४ सालमा सम्पन्न नेकपाको दोस्रो महाधिवेसनबाट उनी पार्टीीे महासचिवमा निर्वाचित भए । २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले सैनिक ‘कू’ गरी बहुदलीय व्यवस्थालाई अपदस्त गरी निरङ्कुश पञ्चायती व्यवस्थाको स्थापना गरेका थिए । उक्त शाही कदमलाई डा. केशरजङ्ग रायमाझीले राजाको ‘साहसी कदम’ भनेर स्वागत गरेका थिए । रायमाझीले नेकपालाई दरबारमा बुझाउने कोसिस गरेका थिए । २०१९ सालमा सम्पन्न नेकपाको तेस्रो महाधिवेसनले डा. केशरजङ्ग रायमाझीलाई राजावादी गद्दार घोषित गरी पार्टर्ीीट निष्काशन समेत गरेको थियो । पछिसम्म उनले रायमाझीको नामबाट कम्युनिस्ट सञ्चालन गर्दै आएका थिए । राजतन्त्रले रायमाझीलाई राजपरिषद्को सभापति बनाएको थियो । उनी दरबारको पहरेदार बनेका थिए । २०४६ सालको राजनीतिक परिवर्तनपछि राजतन्त्रले रायमाझीलाई नेपालको शिक्षा मन्त्री समेत बनाएको थियो ।

तुलसीलाल अमात्य
२०१९ सालको नेकपाको तेस्रो राष्ट्रिय महाधिवेसनले तुलसीलाल अमात्यलाई महासचिवमा निर्वाचित गरेको थियो । त्यस महाधिवेसनले नेपाली नयाँ जनवादी क्रान्तिको सशस्त्र क्रान्तिको कार्यदिशालाई परित्याग गरी ‘राष्ट्रिय प्रजातन्त्र’ नाम दिइएको पुँजीवादी संसदीय कार्यदिशा पारित गरेको थियो । तुलसीलाल अमात्य संशोधनवादी नेता थिए । विचारविहीन नेतृत्वले सही नेतृत्व प्रदान गर्न सकेन र २०२०-२०२१ सालतिरबाट नेपाल कम्युनिस्ट पार्टीीत्र टुटफुट र विभाजनको शृङ्खला सुरू भयो । त्यसबेलादेखि विभाजित भएको नेपाली कम्युनिस्ट आन्दोलन अहिलेसम्म पनि विभाजित अवस्थामै छ । तुलसीलाल अमात्यले पछिसम्म पनि पार्टीुट्टै पार्टीलाउँदै आएका थिए । २०४८ सालपछि उनी एमालेमा विलय भएका थिए । उनलाई एमालेले चीनको राजदुत बनाएर पठाएको थियो ।

मोहनविक्रम सिंह
मोहनविक्रम सिंह नेपाली कम्युनिस्ट आन्दोलनका अर्का एक जडसुत्रीय संशोधनवादी तथा सङ्कर्ीण्ावादी नेता हुन् । २०१७ सालपछि उनी लामो समयसम्म जेलमा बसे । २०२७ मा जेलबाट मुक्त भए । २०२८ सालमा उनले न्यूक्लिसको गठन गरे । २०३१ सालमा नेकपाको चौथो महाधिवेसन सम्पन्न गरियो । त्यस महाधिवेसनले मोहनविक्रम सिंहलाई महामन्त्रीमा निर्वाचित गर्यो । चौमको विभाजनपछि नेकपा -मशाल)को गठन भयो । २०४१ सालमा पार्टी महाधिवेसनले उनलाई पार्टीीट निष्काशन गर्यो । उनले छुटटै नेकपा पातलो -मशाल)को गठन गरे । अहिले उनी नेकपा -मसाल)को महामन्त्री छन्

मदनकुमार भण्डारी
मदन भण्डारी नेकपा एमालेका महासचिव हुन् । उनी नेकपा माले २०४६ सालमा सम्पन्न चौँथो राष्ट्रिय महाधिवेसन र २०४९ सालमा सम्पन्न पाँचौँ राष्ट्रिय महाधिवेसनबाट दुइ-दुइ पटक एमालेको महासचिवमा निर्वाचित भएका थिए । २०४९ सालमा एमालेको पाँचौँ महाधिवेसनबाट मदन भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ नामक नेपाली क्रान्तिको नवीनतम कार्यक्रम भन्दै खुश्चेभी आधुनिक संशोधनवादी लाइन पारित गराउन सफल भएका थिए । ‘जनताको बहुदलीय जनवाद’ खुश्चेभी आधुनिक संशोधनवादको नेपाली संस्करण थियो । उनी भारत विरोधी राष्ट्रवादी नेता थिए । २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा रहस्यमय जीप दुघटनाद्वारा उनको हत्या गरिएको थियो । उनका हत्याराहरूको पत्ता लागिसकेको छैन ।

प्रचण्ड-बाबुराम
पुष्पकमल दाहाल एकीकृत नेकपा -माओवादी) का अध्यक्ष हुन् भने बाबुराम भट्टर्राई एमाओवादी पार्टर्ीीे नेता हुन् । प्रचण्डले १० बर्सेेशस्त्र जनयुद्धको नेतृत्व समेत गरेका थिए । प्रचण्ड-बाबुराम वर्तमान नेपाली कम्युनिस्ट आन्दोलनका नवसंशोधनवादी प्रमुख पात्र हुन् । प्रचण्ड-बाबुरामले २०६२ असोज-कात्तिकमा सम्पन्न पार्टर्ीीे बहुचर्चित चुनवाङ् बैठकबाट सशस्त्र सङ्र्घष्ाको नेपाली नयाँ जनवादी क्रान्तिको कार्यदिशालाई परित्याग गरी लोकतान्त्रिक गणतन्त्र सम्बन्धित पुँजीवादी, संसदवादी, बहुलवादमा आधारित कार्यदिशा पारित गराउन सफल भएका थिए । त्यसपछि उनीहरूले भारतीय विस्तारवादको निर्देशनमा २०६२ मङ्सिर ७ गते सात पुराना संसदवादी दलहरूसँग राष्ट्रघाती १२ बुँदे समझदारी भारतमा गरेका थिए । शान्ति प्रक्रियामा सामेल भए पश्चात २०६३ मङ्सिर ५ गते नेपाल सरकारसँग बृहत् शान्ति सम्झौता गर्नेक्रममा १० बर्सेेशस्त्र जनयुद्ध समाप्त भएको घोषणा गरेका थिए । १० बर्सेेनयुद्धले निर्माण गरेका आधार इलाकाहरू, जनअदालत, जनकम्युन र जनसरकारको खारेजी गरेका थिए । पार्टी पारित गरेको नेपाली क्रान्तिको जनव्रि्रोहको क्रान्तिकारी कार्यनीतिलाई परित्याग गरी ‘शान्ति र संविधान’ सम्बन्धी सुधारवादी-पुँजीवादी-संसदवादी कार्यदिशा पकड्न पुगेका थिए । भारतीय विस्तारवादको निर्देशन र योजनामा मधेसवादी दलहरूसित राष्ट्रघाती चारबुँदे सम्झौता गरेर सरकारमा पुग्न सफल भएका थिए । तिनीहरूले भारतीय शासकहरूसित घाँटी जोडेर राष्ट्रघाती बिप्पा सम्झौता गरे । जनमुक्ति सेनाको विधिवत् रूपमा विघटन र विर्सजन गराए । जनताको बलिदानबाट प्राप्त हतियार दुश्मनलाई बुझाएर जनताको वास्तविक संविधान बनाउने कार्यलाई लथालिङ्ग-भताभुङ्ग पार्दै २०६९ जेठ १४ गते राती संविधानसभाको अन्त्येष्टि गरिदिए । उनीहरूले पार्टीीई विर्सजन गराउने प्रयत्न गरे । क्रान्तिकारी मार्क्सवाद र नेपाली क्रान्तिप्रति गद्दारी गरे पश्चात प्रचण्ड-बाबुराम नवसंशोधनवादका मुख्य पात्र र लालगद्दार घोषित भइसकेका छन् ।
प्रचण्ड बाबुरामले जुन पार्टी आधिकारीक लाइनलाई छोडे क्रान्तिकारी मार्क्सवादलाई त्यागेर संसोधनवाद अगँाल्न पुगे, नेपाली क्रान्ति र नेपाली जनता प्रति जुन गम्भीर ढङ्गकेा गद्दारी गर्न पुगे त्यस्को परिमाण अहिले एमाओवादीले कथित दोस्रो संविधानसभाको निर्वाचनमा लज्जास्पद पराजय व्यर्होनु पर्यो । मार्क्सवाद लेलिनवाद माओवाद को जामा पहिरिएर नेपालमा उनीहरुले जुन नवसंसोधनवादी नाच नाची रहेका थिए त्यस्को परिमाण निर्वाचनमा निलज्ज ढङ्गले पराजित हुन पर्यो । यस बाट के कुरा प्रष्ट भएको छ भने संसोधनवादी गद्दारहरुलाई नेपाली जनताले आफ्नो नेता बनाउन चाहेनन् ।

प्रतिक्रियाहरु