जनताले प्रतिरोधद्वारा निकास खोज्ने बेला भएको छ – नेत्रविक्रम चन्द ‘विप्लव’, सचिव, नेकपा-माओवादी

२०७० आश्विन १९ गते, शनिबार

० पार्टीको पोलिटब्युरोको बैठक भर्खरै सकिएको छ, के-कस्ता निर्ण्रय गर्नुभयो ?
यो पटकको पोलिटब्युरो बैठकको सबभन्दा महत्वपूण् निर्ण्रय भनेको कठ्पुतली फासिस्ट सरकारको विघटन गर्ने र वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्तिहरूको संयुक्त सरकार निर्माण गर्नको लागि पहल गर्ने निर्ण्रय लिएको छ, र्सवाधिक महत्वपूण् निर्ण्रय यही हो ।
० तपाईंहरूले विरोध जनाउँदा-जनाउँदै पनि निर्वाचनको कार्यक्रमहरू सुरु गरिएको छ, के गर्नुहुन्छ ?
यो सामान्य कुरा हो । प्रमुख कुरा त जनताले र जनताको प्रतिनिधि पार्टीले यो निर्वाचनको औचित्य छैन भनेर बहिष्कार गरेको छ । सिङ्गै नेपाललाई यो फासीवादी निर्वाचनको विरुद्धमा नेतृत्व गर्न पहल गरेको छ । यो नै सबैभन्दा महत्वपूण् विषय हो । देश एउटा नयाँ अध्यायतिर प्रवेश गरेको छ ।
० निर्वाचनको विरुद्ध शान्तिपूण् आन्दोलन गरिरहेका तपाईंका पार्टीका सयौँ कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ, के भन्नुहुन्छ ?
यस्तो हुन्छ भन्ने हामीलाई पूवजानकारी नै थियो । हाम्रो कार्यकर्ता र जनतालाई पनि यो कुरा थाहा छ कि सहमति नचाहने कठ्पुतली सरकार, चार दल र निकास नचाहने फासीवादी राज्यले यस्तो गर्छ । यो हामीले हाम्रो कार्यकर्ता र नेपाली जनताले जानेबुझेकै कुरा हो । त्यसमा कुनै आर्श्चर्य मान्नैपर्दैन । यी सबैको हर्कतको विरोध जनता र माओवादी पार्टीले सशक्त ढङ्गले गर्छ र गरिरहेको छ ।
० तपाईंहरूको शान्तिपूण् आन्दोलनमा यत्रो हस्तक्षेप भएको छ भने कात्तिक २५ देखि गर्ने आमहड्तालमा पनि पक्कै सरकार तपाईंहरूमाथि खनिने छ, के भन्नुहुन्छ ?
हो, अब नेपालको इतिहासमा एउटा नयाँ संयुक्त मोर्चा, देशभक्तहरूसँग, राष्ट्रवादीहरूसँग निर्माण हुने आधार तयार भएको छ । यो आधारबाट जति पनि अराष्ट्रवादीहरू, दलालहरू, निरङ्कुशतावादीहरूको विरुद्धमा संर्घष्ाले तीव्र रूप लिने प्रबल सम्भावना हामीले देखेका छौँ ।

० तपाईं मोर्चा बनाउने कुरा गर्नुहुन्छ तर तपाईंकै पार्टीको साथीहरू पार्टी छाडेर हिँडिरहेका छन्, होइन र ?
यो त क्रान्तिको नियम नै हो । यस्तो भइरहन्छ । यो आज नेपालमा मात्र भएको कुरा होइन । प्रचण्डजी, बाबुरामजी जो जनयुद्धका मुख्य सूत्रधारहरू मानिन्थे, उहाँहरू त क्रान्तिबाट उछिट्टएिर जानुभयो भने २-४ वटा कुरा यस्तो हुँदैमा कुनै अन्यथा लिनु हुँदैन । लाखौँ जनताहरू, श्रमिकवर्गहरू हाम्रो वरिपरी गोलबद्ध हुँदै गएको सबैलाई थाहा नै छ ।
० तपाईंहरू निर्वाचनको बहिष्कार गरेरै छाड्ने, सरकार जसरी पनि निर्वाचन सम्पन्न गराएरै छाड्ने आखिर दुःखत जनताले पाउने भए, होइन त ?
होइन, यो जनताले दुःख पाउने कुरा होइन । यो त जनताले आफ्नो अधिकारको रक्षा गर्ने अधिकार हो । जनताको अधिकार हनन हुँदैछ, खोसिँदैछ, भएका सहमतिहरू उल्लंघन हुँदैछन् । देशलाई गृहयुद्धतिर धकेलिँदैछ, द्वन्द्वतिर फसाइँदैछ, यी सबै गलत कुराको प्रतिवाद गर्नु, जनता र राष्ट्रलाई संकटबाट मुक्त गर्नु पार्टी र क्रान्तिकारीहरूको दायित्व हो । त्यसकारण यसमा जनताले कुनै दुःख मनाउ गर्ने छैनन्, बरु यो गलत कार्यको विरुद्धमा एउटा महान् पहलकद्मीको रूपमा जनताले हामीलाई साथ दिनेछन् ।
० तपाईंहरू भन्दै गर्नुहुन्छ आफैँ पाखा लाग्नुहुन्छ भने जस्तो गरेर चार दल र सरकारले तपाईंहरूलाई एक्ल्याएको स्थिति छ, तपाईंहरू जनताको पक्षमा लडिरहन्छौँ भन्नुहुन्छ कहिलेसम्म लडिरहनुहुन्छ ?
यो कुरा माओत्सेतुङले भनेजस्तै कुरा हो । हाम्रो इच्छाको कुरा गर्नुहुन्छ भने हामी एकछिन पनि लड्न तयार छैनौँ । युद्ध हामीले सोचेका छैनौँ । तर, आवश्यकता पर्यो भने देश र राष्ट्रको लागि हामी अन्तिमसम्म लड्ने छौँ भनेजस्तै हो । जब जनताको भविष्य अन्धकारतिर धकेलिँदै जान्छ, जब राष्ट्र पराधीन बन्ने खतरा हुन्छ भने त्यतिबेला नागरिकहरूले, पार्टी कार्यकर्ता र नेताहरूले डटेर त्यसको सामना गर्नुपर्छ ।
० सरकारले निर्वाचन सफल बनाउन सेना परिचालनको तयारी गरेको छ, सेना परिचालन भयो भने कसरी प्रतिवाद गर्नुहन्छ ?
सेना परिचालनको विषयमा हामीले दुइवटा कुरा भनेका छौँ । एउटा त यो राज्यको संकट होइन । संसदवादीहरू जनताबाट अलोकप्रिय छन्, जनतामा विश्वास गर्न सक्दैनन् र आफ्नो सुरक्षाको लागि राज्यको सबै अङ्गहरू परिचालन गर्ने धृष्टता गरेका छन् । दोस्रो कुरा नेपाली सेना परिचालन भए पनि, त्योसँगको सम्बन्ध हामीले प्रस्ट पारिसकेका छौँ, हाम्रो उद्देश्य नेपाली सेनासँग लड्ने होइन ।
० उसो भए निकास कसरी त ?
अब वार्ता र टेबलबाट निकास टरेको छ । अब एक पटक जनताले प्रतिरोधद्वारा निकास खोज्ने बेला आएको छ ।
० भनेपछि फेरि दोस्रो जनयुद्धको आवश्यकता छ भन्न खोज्नुभएको हो –
अहिले यसलाई इन्कार गर्न सकिँदैन । ती सबै सम्भावनाहरूलाई इन्कार गर्न सकिँदैन ।
० भनेपछि तपाईंहरू पुनः जनयुद्धको तयारी गर्दै हुनुहुन्छ ?
यो तयारीको कुरा होइन । फासीवादको विरुद्ध त क्रान्ति नै हो । हामीले यो विकल्पलाई समाप्त पारेका छैनौँ ।
० भनेपछि क्रान्ति भन्दै तपाईंहरू जनताको लागि पुनः एक पटक लड्ने तयारी गर्दै हुनुहुन्छ –
एक पटक होइन, हामी अन्तिमसम्म लड्न तयार छौँ । जहिलेसम्म जनताले आफ्ना अधिकार सम्पन्न भएको महसुस गर्दैनन्, त्यतिबेलासम्म हामी लड्न तयार छौँ ।
० जनताचाहिँ कसरी आश्वस्त हुने त – नेताहरूले पटक-पटक धोका दिइसकेका छन् होइन र –
जनताले यो कुरा बुझिसकेका छन् । माओवादी पार्टीको बारेमा, त्यसको आन्दोलनको बारेमा, यसको इमानदारिता र प्रतिबद्धताको बारेमा सायद जनतामा भ्रम र अन्योल बाँकी छैन । जनताले हामीलाई बुझिसकेका छन् । हामी इमानदार छौँ र हामीले नै जनताको नेतृत्व गर्र्छौं भन्नेमा जनताहरू विश्वस्त छन् ।
० अन्त्यमा के भन्न चाहनुहुन्छ ?
इतिहासको एउटा नयाँ सुरुवात भएको छ । सात वर्षो संक्रमणकालले नयाँ बिन्दुतिर प्रवेश गरेको छ । हामी राष्ट्र र जनताको नेतृत्व लिन प्रतिबद्ध छौँ । यसमा सबैको साथ र सहयोग पाइरहेका छौँ । आगामी दिनमा पनि पाइरहनेछौँ । हामी अन्तिमसम्म हाम्रो प्रतिबद्धतामा चुक्ने छैनौँ । आमजनतालाई यही विश्वास दिलाउन चाहन्छु ।

प्रतिक्रियाहरु