४ लाख भन्दा बढी प्रभावितहरुसँग अनुदान सम्झौता

२०७३ आश्विन ६ गते, बिहीबार

काठमाडौ, ६ असोज । राष्ट्रिय पुननिर्माण प्राधिकरणले साढे ४ लाख भन्दा बढी प्रभावितहरुसँग अनुदान सम्झौता भएको र पहिलो किस्ताको रकम पनि वितरणको काम भइरहेको बताएको छ । हिजोसम्म ४ लाख ५० हजार ३२ घरधनीसँग अनुदान सम्झौता भई बैंक खातामार्फत रकम भुक्तानी गर्ने क्रम जारी रहेको प्राधिकरणले जनाएको छ । गलत विवरण पेश गरी, झुक्याई वा अन्य कुनै कारणले अनुदान प्राप्त गर्ने सूचीमा नाम परेका तर अनुदान प्राप्त गर्ने मापदण्डमा नपरेका व्यक्तिले पनि विभिन्न जिल्लामा अनुदान सम्झौता गरेको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बताए । उनले आफूले पेश गरेको विवरण झुठ्ठा ठहरे कारवाहीका लागि मञ्जुर गरी सम्झौता गर्ने गरेकोमा सम्झौताको शर्तलाई उल्लघंन गरेको जानकारी पनि प्राप्त भएको बताए । सीआइएनसँगको कुराकानीमा उनले दशैअघि पहिलो किस्ताको रकम दिइसक्नेमा प्राधिकरण लागेको बताए । पहिलो किस्ता वापतको अनुदान रकम पाई सकेका भुकम्प पीडितले सो रकमको दुरुपयोग गरे थप किस्ता नदिने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार